बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

संसदमा प्रधानमन्त्रीका लागि बन्यो नयाँ नियम

मङ्गलबार, ०४ वैशाख २०७५, १२ : ५६
मङ्गलबार, ०४ वैशाख २०७५

काठमाडौं– प्रतिनिधिसभामा प्रधानमन्त्रीले महिनाको दुई पटक सांसदहरुसँग प्रश्नोत्तर गर्ने व्यवस्था गरिएको छ ।  प्रतिनिधिसभा नियमावली मस्यौंदा समितिका सभापति कृष्णभक्त पोखरेलले प्रधानमन्त्रीले महिनाको २ पटक सांसदहरुको प्रश्नको जवाफ दिने व्यवस्था गरिएको जानकारी दिएका हुन् ।

प्रधानमन्त्रीसँग सांसदहरुले सिधै प्रश्न गर्न पाउने नेपालमा पहिलोपटक व्यवस्था गर्न लागिएको हो । सरकारलाई संसदप्रति जवाफदेही बनाउन यो व्यवस्था गर्नु परेको पनि सभापति पोखरेलले स्पष्ट पारे । समितिले सांसदहरुले शुन्य र विशेष समयमा राखेको जिज्ञासाहरुको जवाफ सम्बन्धित मन्त्रीहरुले दिने बाध्यतात्मक व्यवस्था पनि गरेको छ ।

मन्त्रिपरिषदलाई संसद र संसदलाई जनताप्रति उत्तरदायी बनाउन यो व्यवस्था गरिएको पनि सभापति पोखरेलले बताए । समितिमा फौजदारी अभियोगमा मुद्दा लागेका सांसदहरु स्वतः निलम्बन हुने व्यवस्था गर्ने विषयमा पनि छलफल भईरहेको छ । प्रतिनिधिसभा १० वटा समिति बनाउनुपर्ने प्रस्ताव गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप