बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

डेब्यु चलचित्रबाटै यी ६ अभिनेत्रीले चुमे चर्चाको शिखर

मङ्गलबार, ०४ वैशाख २०७५, १३ : ०५
मङ्गलबार, ०४ वैशाख २०७५

‘चलचित्रका लगानी बालुवामा पानी’ जस्तै भएको वर्ष २०७४ डेब्यु कलाकारका लागि भने लाभदायक सिद्ध भयो । ९० हाराहरी सङ्ख्याका चलचित्र प्रदर्शनमा आएको यो वर्ष करिब आधाभन्दा बढी चलचित्रमा नयाँ कलाकार देख्न सकिन्थ्यो । तीमध्ये अभिनेत्रीका रूपमा डेब्यु गर्ने कलाकारको सङ्ख्या पनि धेरै थियो । तर आधा दर्जन जति अभिनेत्रीको डेब्यु मात्र चर्चाको विषय बन्यो । यी हुन् डेब्यु चलचित्रबाट चर्चा पाउन सफल ६ अभिनेत्री ।

अदीति बुढाथोकी

अदीति ‘कृ’बाट डेब्यु गरेकी हुन् । नेपालसँगै बलिउड मिडियामा समेत चर्चाको विषय बनेकी उनी अभिनयका कारणले पनि चर्चामा रहन सफल भइन् । ‘कृ’ले भनेजस्तो व्यवसाय गर्न नसके पनि उनको अभिनयमा डेब्यु भने सम्झनलायक भयो । बलिउडबाट कलिउडमा भित्रिएकी उनी अहिले कुनै चलचित्रमा पनि अनुबन्धित भएकी छैनन् ।

दीपिका प्रसाईं

अभिनेता रमेश उप्रेतीले निर्माण अभिनय गरेको चलचित्र ‘ऐश्वर्य’मा देखिएकी अभिनेत्री हुन् दीपिका । यसै चलचित्रमार्फत डेब्यु गरेकी उनले चर्चा पनि धेरै कमाउन सफल भइन् । अभिनय र सुन्दरता दुवै कारणले चर्चामा रहेकी उनको चलचित्र ‘ऐश्वर्या’ले लगानी भने सुरक्षित गर्न सफल भयो । अहिले भने उनी फुर्सदिली छन् ।

अश्लेशा ठकुरी

हिट चलचित्र ‘प्रेम गीत’को सिक्वेल ‘प्रेम गीत २’बाट अभिनयमा डेब्य गरेकी अश्लेशा डेब्यु चलचित्रमै सफल हात पार्ने अभिनेत्री हुन् । पहिलो चलचित्र नै अहिलेका स्टार प्रदीप खड्कासँग रोमान्स गर्ने मौका पाएकी उनी सकारात्कम, नकारात्मक दुवै कारणले चर्चामा रहिन् । चलचित्र प्रमोसनको टुरमा उनले गरेको नृत्य धेरैले कुरा काट्ने विषय बन्यो ।  जस्तो चर्चा भए पनि ‘प्रेमगीत २’ हिट भएपछि भने उनले अझै चर्चा भयो । अहिले भने उनी गुमनाम छिन् । 

जसिता गुरुङ

अहिले प्रदर्शनरत चलचित्र ‘लिलिबिली’की अभिनेत्री हुन् जसिता । जसिता चलचित्र प्रदर्शनपछि भन्दा अगाडि नै धेरै चर्चामा रहिन् । चलचित्र निर्माण घोषणा गरेदेखि नै चर्चा कमाउन सफल उनी पनि प्रदीप खड्काको जोडी बनेको कारण चर्चाको विषय बनिन् । चलचित्रको प्रचारका लागि सार्वजनिक गीत र ट्रेलरबाट समेत धेरै चर्चा कमाएकी यी अभिनेत्रीको सुन्दरता अर्काे चर्चाको विषय बन्यो । गत शुक्रबारबाट चलचित्र प्रदर्शनमा आएपछि पनि उनी अभिनयका कारण तारिफको पात्र बनिन् । ‘लिलिबिलिक’को अभिनय हेरेर अहिले उनलाई चलचित्रको अफरसमेत आइरहेका छन् ।

सारा सिर्पाली

‘रुद्र’बाट डेब्यु गरेकी साराको यो वर्ष अर्काे चलचित्र ‘पिँजडा ब्याक अगेन’ पनि रिलिज भयो । दुवै चलचित्रमा उनी निखिल उप्रेतीको जोडी बनेकी थिइन् । उनका दुवै चलचित्र बक्स अफिसमा नराम्रोसँग पछारियो । तर अभिनयका कारणले भने उनले धेरै चर्चा बटुलिन् । दुवै चलचित्र मन नपराउने दर्शक तथा समीक्षकले समेत उनको अभिनयको तारिफ गरे । सायद यसैले होला उनी पत्रकार सुब्रत आचार्यको ‘सुश्री सम्पत्ति’ अभिनय गरिरहेकी छन् । 

मिरुना मगर

केही पहिले प्रदर्शनमा आएको चलचित्र ‘लालपुर्जा’की अभिनेत्री हुन् मिरुना । ‘लालपुर्जा’ले दर्शकको माया भने पाउन सकेन । तर मिरुना भने असफल चलचित्रकी सफल नायिका बनिन् । उनको अभिनय दर्शकले खुलेरै तारिफ गरे । मिरुना केही दिन यता अभिनेता प्रदीप खड्काको चलचित्र अभिनय रहने एक चलचित्रमा देखिने चर्चा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप