बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा महिलाको शंकास्पद मृत्युु

मङ्गलबार, ०४ वैशाख २०७५, १३ : २८
मङ्गलबार, ०४ वैशाख २०७५

रौतहट– रौतहटमा एकजना महिलाको शंकास्पद मृत्युु भएको छ । कटहरिया नगरपालिका वडा नं १ हर्षाहाटोलका मुुकेश चौरसियाकी श्रीमती २५ बर्षिया सिमादेवीको शंकास्पद मृृत्युु भएको हो ।
उनको आफ्नै घर भन्दा दुुईसय मिटर उतरतर्फ खेतको आलीछेउमा उतानो परेको अवस्थामा मंगलवार बिहान शव भेटिएको प्रहरीले जनाएको छ ।

सिमाको मृत्युुको कारण खुल्न नसके पनि घटना शंकास्पद रहेको घटनास्थल पुुगेका ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुुख प्रहरी निरिक्षक गोबिन्द थापाले जानकारी दिए । घटनाबारे थप अनुुसन्धान तथा सोधपुुछका लागि सिमाकी सासुु रम्भा देवी चौरसियालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मृतकका श्रीमान् मुुकेश चारमहिना अघि बैदेशिक रोजगारीका लागि मलेसियामा छन् ।
घरमा सासुु बाहेक एकजना अन्धा ससुुरा रहेको बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप