शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल इन्सुरेन्सको हकप्रद सेयर बिक्रि खुल्यो

बुधबार, ०५ वैशाख २०७५, १० : २०
बुधबार, ०५ वैशाख २०७५

काठमाडौं–नेपाल इन्सुरेन्सको १०० प्रतिशत हकप्रद आजबाट (बैशाख ५ गते) बिक्रि खुला भएको छ । 

यो हकप्रद सेयरमा चैत २२ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । 

१०० रुपैयाँ अंकित दरको  ३० लाख १९ हजार  ८८६.१० कित्ता सेयरका लागि जेठ ८ गतेसम्म आवेदन दिन सकिनेछ । 

यस हकप्रदका लागि बिक्रि प्रबन्धक एनआइबिएल एस क्यापिटल लाजिम्पाट र शाखा कार्यालयहरु लालदरबार, लगनखेल, चिप्लेढुङ्गा पोखरा, ट्राफिकचोक बुटवल,  विरगंज र विराटनगरबाट आवेदन फारम भर्न र बुझाउन सकिनेछ । 

यस्तै  नेपाल इन्सुरेन्सको रजिष्टर्ड कार्यालय कमलादी र त्यसका सम्र्पुण शाखा कार्यालयबाट पनि आवेदन फारम भर्न र बुझाउन सकिनेछ । 

साथै, सि—आस्वामा सहभागी बैंक तथा वित्तिय संस्थाबाट पनि आवेदन फारम भर्न र बुझाउन  सकिने बिक्रि प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप