शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

५ वर्षीय बालकको उपचारमा नोबेलको सहयोग (भिडियो रिपोर्टसहित)

बुधबार, ०५ वैशाख २०७५, ११ : १३
बुधबार, ०५ वैशाख २०७५

विराटनगर –मोरङको पथरी शनिश्चरे–१० जिरिखिम्तिकी भीमा लिम्बुका ५ वर्षीय छोरा सौजनको उपचारमा  विराटनगर स्थित नोबेल शिक्षण अस्पताल सञ्चालक डा.सुनिल शर्माले ससहयोग गरेका छन् । 
सौजनको क्षयरोगका कारण फोक्सो कुहिएपछि फोक्सोको आधा भागनै काट्नुपर्ने अवस्था  रहेको तर दयनीय आर्थिक अवस्थाको कारण उपचारमा  समस्या भएपछि नोबेलले सहयोग गरेको हो । 
    फोक्सो कुहिएर श्वासप्रश्वास असहज भएपछि सौजनलाई नोबेल अस्पताल लगिएको थियो । नोबेलमा १५ दिनको उपचारबाट पनि ठिक नभएपछि उनको फोक्सोको आधा भाग नै काट्नुपर्ने भयो । नोबेलमा फोक्सो काट्ने उपकरण नभएपछि उनलाई धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगेर फोक्सोको आधा भाग नै काटेर फालिएको छ । सौजनको उपचारका क्रममा डा.शर्माले सम्पूर्ण उपचार खर्च बेहोर्नुका साथै औषधिसमेत निःशुल्क उपलब्ध गराएका छन् । 
बच्चाको उपचारका क्रममा परिवारलाई खानाको ब्यवस्थासमेत शर्माले नै मिलाईदिएका थिए । डा.शर्माले नै एम्वुलेन्स ब्यवस्था गरी घोपा पठाएर त्यहाँ  लागेको सम्पूर्ण खर्च पनि आफैले बेहोरी छोरालाई जिवनदान दिएको भीमाले बताएकी छन् । उपचारपछि अहिले सौजनको अवस्था सामान्य छ । 
    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप