बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भारतको त्रिपुराका मुख्यमन्त्रीले इन्टरनेटको आविष्कार महाभारतकालमै भएको भनेपछि

बुधबार, ०५ वैशाख २०७५, १४ : ०३
बुधबार, ०५ वैशाख २०७५

त्रिपुरा–भारतको त्रिपुरा राज्यका नयाँ मुख्यमन्त्री विम्लव कुमार देबले इन्टरनेटको अविष्कारले महाभारत कालमा भएको बताएका छन् ।
उनले महाभारत कालमा इन्टरनेट मात्र नभएर स्याटेलाईट पनि रहेको बताए ।
त्रिपुरामा एक कार्यशालालाई सम्बोधन गर्दै बिप्लबदेवले भने “यो त्यो देश हो जहाँ महाभारत कालमै धृतराष्ट्रलाई युद्धमा के भइरहेको छ संजयले कोठामै बसेर बताएका थिए । यसको मतलब के हो ? त्यो समयमा प्रविधि थियो, इन्टरनेट थियो, स्याटेलाईट थियो । संजयको आँखाले त्यसैले त्यो सब देख्यो ।”
त्रिपुराका मुख्यमन्त्री बिप्लब कुमार देबले यो कुरा इन्टरनेट पश्चिमी देशले नभएर भारतले गरेको भन्नलाई भनेका थिए ।
उनले भने ,“यसको मतलब यो हो कि त्यो समय प्रविधि थियो । बीचमा के भयो, के भएन, धेरै कुरा बदलियो तर त्यो समय यो देशमा प्रविधि थियो । यो काम तपाईहरुले पहिला गर्नु भएको होइन । लाखौं वर्ष पहिले यसको आविष्कार भइसकेको थियो ।”
सामाजिक सञ्जालमा मुख्यमन्त्रीको यो भनाईको व्यङ्ग्य गरिएको छ । एक फेसबुक प्रयोगकर्ताले यसलाई यो शताब्दीको ब्रेकिङ्ग न्यूज बताए । इबे गुना नामक उक्त प्रयोगकर्ताले लेखेका छन् “शताब्दीको ब्रेकिङ्ग न्यूज यो हो, ‘इन्टरनेट र स्याटेलाईटको आविष्कार हालसालै भएको होइन । यो लाखौं वर्ष पहिले महाभारतको समयमा अस्तित्वमा थियो ः त्रिपुराका नयाँ मुख्यमन्त्री बिप्लब कुमार देब’ ।”
एक अन्य प्रयोगकर्ता फरीद उवाचले लेखेको छन् “महाभारत कालमा इन्टरनेट थियो , यसको पुष्टि त्रिपुराका मुख्यमन्त्री बिप्लब देबले गरेका छन् ।”
बिप्लब कुमार देब अघिल्लो महिना त्रिपुराको मुख्यमन्त्री बनेका हुन् । उनी भाजपाका प्रदेश अध्यक्ष थिए, जसको अगुवाईमा पार्टीले त्रिपुरा विधानसभा चुनावमा इतिहास बनाएको थियो । 
राज्यको सत्तामा २५ वर्ष देखि रहेका वाम शासनलाई अन्त गर्दै उनको पार्टीले त्यहाँ आफ्नो सरकार बनायो ।
त्रिपुराको गोमती जिल्लाको उदयपुरमा सन् १९७१ मा जन्मिएका बिप्लब कुमार देव आरएसएससँग जोडिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप