शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यसकारण महिला र पुरुष हुन्छन् भिन्नः यस्ता छन् रोचक तथ्य

बिहीबार, ०६ वैशाख २०७५, ११ : ३१
बिहीबार, ०६ वैशाख २०७५

हामी सबैलाई थाहा छ, महिला र पुरुषको शारिरिक बनावट एक अर्काबाट भिन्न हुन्छ । यस्ता विभिन्न कुराहरु हुन्छन् जसले महिला र पुरुषलाई भिन्न बनाएको हुन्छ । साक्स लिओनार्डको किताब ‘Why gender matters’ ले यस्ता तथ्यबारे जानकारी दिएको छ जसबारे धेरैले सोचेका पनि छैनन् होला । तर यसलाई गहिरिएर अध्ययन गर्ने हो भने यसबारे थाहा पाउन सकिन्छ । जस्तै एक रोचक तथ्य छ । जसमा पुरुष महिलाको तुलनामा रङको विविधताबारे कम थाहा पाउँछन् । उनीहरु खासमा यसलाई देख्नै सक्दैनन् । अर्थात्, एक महिला कुनै रङको जति विविधता देख्छिन् पुरुषले त्यसको आधा पनि देख्न सक्दैनन् । यसको कारण हो उनीहरुको रेटिनाको बनावट । आँखामा भएको रेटिना कोन सेल्सका कारण हामी रङ देख्न सक्छौं । यो महिलामा पुरुषभन्दा दोब्बर बढी हुन्छ । त्यसकारण, उनीहरु एकै कलरमा पुरुषभन्दा धेरै विविधता देख्न सक्छन् ।

आउनुहोस्, यस्तै पाँच रोचक तथ्यबारे जानकारी लिऔंः

१. पुरुष धेरै दिनसम्म जवान देखिन्छन् । महिलाको छालाबाट कालेजन नामक तत्व चाँडै नै कम हुन्छ जसका कारण चाँडै र धेरै चाउरी पर्छ ।

२. पुरुष हर्मोनले बिस्तारै नयाँ कपाल उमार्न बन्द गर्छ त्यसैले उमेरसँगै पुरुषको कपाल झर्दै जान्छ । महिलामा भने यस्तो समस्या हुँदैन ।

३. २० प्रतिशत पुरुषले महिलामा हुने महिनावारीजस्तै लक्षण अनुभव गर्दछन् । जस्तैः रिस उठ्नु, पेट दुख्नु, धेरै भोक लाग्नु आदि ।

४. पुरुषको छाला महिलाभन्दा २५ प्रतिशत बढि मोटो हुन्छ । उमेरसँगै यो पातलो हुन्छ तर महिलाको छाला भने एकनास रहन्छन् ।

५. पुरुष महिलाको तुलनामा रङका विविधता कम थाहा पाउँछन् । रङका विविधता आँखाको रेटिना कोन सेल्सका कारण देखिन्छ । जुन महिलामा पुरुषभन्दा दोब्बर हुन्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप