बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

के चीन सूर्यमा हुने प्रक्रियाबाट विशाल मात्रामा बिजुली निकाल्न सफल हुन्छ ?

बिहीबार, ०६ वैशाख २०७५, १२ : ०८
बिहीबार, ०६ वैशाख २०७५

बीबीसी
ऊर्जाको माग निरन्तर बढिरहेको र पृथ्वीको वातावरण खस्किरहेको आजको अवस्थामा चिनियाँ वैज्ञानिकहरूले ऊर्जाको अन्तिम खोज मानिने प्रविधि विकास गर्न नेतृत्व लिइरहेको छ ।
परमाणु फ्युजन नामक यो प्रविधिको आकर्षक लक्ष्य रहेको छ : बिनाप्रदूषण असीमित ऊर्जा ।

पूर्वी चीनको एन्हुई प्रान्तमा चम्किलो धातुको विशाल दुनोट आकारको संरचना रहेको छ । दुई तल्ला बराबरको यो संरचनाको नाम ‘एक्स्पेरिमेन्टल एड्भान्स सुपरकन्डक्टर टोक्म्याक (अथवा इस्ट)’ रहेको छ । 
भित्र हाइड्रोजनको परमाणुहरू सश्लेषण भएर हेलियम बन्दछन् । यस प्रक्रियामा सूर्यको केन्द्रमा भन्दा कैयौँ गुणा तापक्रम उत्सर्जित गर्छ ।

शक्तिशाली ब्याट्रीले यो प्रतिक्रियालाई नियन्त्रित राख्दछ । यदि यसलाई लामो समय कायम गर्न सके यसले एक दिन विशाल मात्रामा बिजुली उत्पादन गर्न सक्छ ।

विश्वभरीका शक्ति राष्ट्रहरू परमाणु फ्युजनमाथि विजय पाउन प्रयास गरिरहेका छन् । अमेरिका, जापान, कोरिया, ब्राजिल र युरोपेली सङ्घ यसमा सामेल छन् । तर ती कसैले एन्हुईको वैज्ञानिकहरूको समूहले जति लामो समयसम्म ऊर्जालाई स्थिर राख्न सकेका छैनन् । 

त्यो भनेको १०० सेकेन्ड हो । प्रत्येक वर्ष यसमा सुधार भइरहेको छ । तिनीहरू यसलाई दस गुणा समय बनाउने कुरा गरिरहेका छन् । 
फ्युजन प्रविधि पहिलो पटक सोभियत सङ्घले सन् १९५० को दशकमा विकास गरेको हो । त्यो बेलादेखि हालसम्म यसमा कैयौँ वैज्ञानिक र इन्जिनियरहरू लागि परेका छन् तर त्यति उल्लेख्य प्रगति हात लागेको छैन । यसको पछाडि कारण रहेको छ ।
यो निक्कै कठिन प्रविधि हो ।

सुरक्षित आणविक ऊर्जा
मानव नियन्त्रित वातावरणमा सीमित फ्युजन निर्माण गर्न ५० वर्षअघि नै सक्षम भइसकेको हो । तर अझै पनि यसको भीमकाय तापलाई बिजुलीमा बदल्न सक्ने गरी लम्ब्याउन सकिएको छैन ।
चीनको इस्ट प्रणाली पहिलो रुसी डिजाइनको सुधारिएको संस्करण हो ।

बीबीसीको टिम त्यहाँ पुगेको दिन कन्ट्रोल रुममा चर्को बहस चलिरहेको थियो । चुहावटको समस्या देखिएको थियो, उनीहरूलाई त्यसको समाधान चाहिएको थियो ।

एक अलग समूह वाकिटकीमार्फतबाट कन्ट्रोल रुमसँग सम्पर्कमा थियो । उनीहरू पाइप, बिजुली घर र भ¥याङको बनावट जाँच गरेर चुवाहट खोजिरहेका थिए ।

यो स्थानको भ्रमणमा रहँदा सी जिनपिङले यो प्रविधिको खतरा जान्न खोजेका थिए । हामीले तिनलाई राष्ट्रपतिलाई दिएको जवाफबारे सोध्यौं ।

‘फ्युजन रियाक्टर हाल प्रयोगमा रहेका फिजन रियाक्टरभन्दा निक्कै सुरक्षित हुन्छन् ।’ इस्टका उपनिर्देशक सोङ युन्ताओले भने ।

‘चुम्बकीय नियन्त्रण मार्फतबाट यसलाई चाहेको बेला बन्द गर्न सकिन्छ । यो पूर्णतः सुरक्षित छ । यस कारणले कुनै आणविक दुर्घटनाको सम्भावना हुँदैन ।’

हाल विश्वमा प्रयोग भएका सबै आणविक रियाक्टर फिजनमा आधारित रहेका छन् । यसमा विशाल तत्वको परमाणुलाई विखण्डन गरिन्छ । यस प्रक्रियामा अत्यन्त विशालु अवशेष बाँकी रहन्छ, जुन हजारौं वर्षसम्म पनि कुहिँदैन । तिनलाई भण्डारण गर्नकै लागि अलग व्यवस्था गरिनुपर्छ ।

परमाणु फ्युजन पावरप्लान्टमा दुई पारमाणुको नाभी जोडिएर एक नाभी हुने गर्छ । यसलाई डुनोट आकारको रियाक्टरको भित्री पर्खालमा हुने चुम्बकले नियन्त्रणमा राख्छ ।
र महत्वपूर्ण कुरा यसबाट कुनै हानिकारक अवशेष बाँकी रहँदैन ।
 

विशाल मूल्य
तथापि यो प्रविधि सस्तो भने छैन ।

यसमा मेसिन खोल्न मात्र दैनिक १५ हजार अमेरिकी डलर खर्च लाग्छ । अझ यसमा संलग्न विशेषज्ञ, संरचनाको निर्माण खर्चजस्ता बाँकी कुराहरू जोडिएको हुँदैन ।

तर पनि चिनियाँ सरकारले यो परियोजनाका लागि अत्यधिक खर्च गरिरहेको छ, तर उसलाई के पनि थाहा छ भने यहाँबाट निस्कने बिजुली सार्वजनिक प्रयोगमा आउन अझै दशकौं लाग्छ ।
‘फ्युजन प्रविधिले काम गर्न वैज्ञानिक र इन्जिनियरहरूको ठूलो ब्रेकथ्रुको आवश्यकता छ । यसका अतिरिक्त यसमा सरकारबाट निक्कै धेरै आर्थिक सहायता आवश्यक छ ।’ सोङ्गले भने, ‘यो परियोजनामा

निक्कै खर्च हुन्छ तर मलाई व्यक्तिगत रूपमा यो निक्कै फलदायी हुन्छ भन्ने लाग्छ । यसले मानवताको स्थायी विकासका लागि महत्वपूर्ण भूमिका खेल्छ ।”

यसमा प्रक्रियामा लाग्ने विशाल खर्चका कारण र कठिनताले गर्दा फ्युजनको सपना साकार बनाउन ठूलो अन्तर्राष्ट्रिय सहकार्य भइरहेको छ ।

उदारणका लागि चीन महत्वकाङ्क्षी इन्टरनेसनल थर्मोन्युक्लियर एक्सपेरिमेन्टल रियाक्टर (आईटीईआर)मा योगदान गर्नेमध्ये एक देश हो । दक्षिण फ्रान्समा सञ्चालन भइरहेको यो परियोजनामा चीनको अतिरिक्त युरोपेली सङ्घ, भारत, जापान, रसिया, दक्षिण कोरिया र अमेरिका संलग्न छन् । यसले सन् २०२५ बाट परीक्षण थाल्ने आस गरिएको छ ।

तर यो बीचमा चीन आफ्नौ एकल प्रयास यो प्रविधिको अनुसन्धानमा लगानी गरिरहेको छ र यसमा छलाङ मार्ने आसमा छ ।

 

यो समूहको प्रस्तावित अर्को कदम भनेको पूर्ण हिसाबले विकासित आणविक फ्युजन टेस्ट रियाक्टर हुनेछ, जसले विद्युत उत्पादन गर्न सक्छ । त्यो हुनलाई अहिले भन्दा निक्कै ठूलो संरचना निर्माण गर्नुपर्ने हुन्छ । यसले डेढ मिनेटभन्दा पनि निक्कै लामो समय रियाक्सनलाई कायम गर्न सक्नुपर्छ ।

‘प्रत्येक देशमा ऊर्जाको माग विशाल छ र चीनसँग फ्युजन उत्सर्जित ऊर्जाको योजना छ ।’ सोङ्गले भने, ‘हामी परीक्षण फ्युजन रियाक्टरको डिजाइन पाँच वर्षभित्रमा सकाउन चाहन्छौं । यदि हामी सफल भएमा यो विश्वको पहिलो फ्युजन रियाक्टर हुनेछ ।’

अन्तिम आसा भनेको फ्युजनले एक दिन मानिसले कल्पना गरेभन्दा धेरै मात्रमा बिजुली उत्पादन गर्छ भन्ने छ ।
यो केही टाढा हुन सक्छ तर बेइजिङले यो चुनौतीलाई गम्भीरतापूर्वक लिएको छ । यदि यसले काम गरेमा चीन भविष्यको ऊर्जा उत्पादनमा सबैभन्दा अब्बल हुनेछ ।
अनुवाद : श्रवण उप्रेती
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्रवण उप्रेती
श्रवण उप्रेती
लेखकबाट थप