शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनीमा आन्तरिक तथा बाह्य पर्यटक आगमनमा बृद्धि

बिहीबार, ०६ वैशाख २०७५, १७ : १२
बिहीबार, ०६ वैशाख २०७५

बिन्दु कुमार चौहान,रुपन्देही– अन्र्तराष्ट्रिय बौद्ध सम्मेलन तथा २५६२ औं बुद्धजयन्तीको अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेको छ । 
लुम्बिनी बिकास कोषस्थित सूचना शाखाले सार्बजनिक गरेको मासिक तथ्याङक अनुसार सन् २०१७ मार्च महिनाको तुलनामा सन् २०१८ को मार्चमा आन्तरिक तथा बाह्य पर्यटकहरु बढेका हुन् । कोषले गरेको जारी तथ्याङ्कअनुसार सन् २०१७ को मार्चमा २८ हजार पाँचसय ११ जना मात्र  बिदेशी पर्यटक लुम्बिनी भित्रिएकोमा सन् २०१८ को मार्चमा २९ हजार ६१ जना तेस्रो मुलुकका नागरिकहरु लुम्बिनी भ्रमण गरेका छन् । 
जसमध्ये श्रीलंकाले ११ हजार पाँचसय ६२ जना थाईलैण्डले पाँच हजार ३२ जना, बर्माले चार हजार आठसय ८३ जना र चाईनाले दुई हजार दुई सय ८७ जना बढी पर्यटक पठाई क्रमशः पहिलो, दोस्रो, तेस्रो र सांत्वना स्थान प्राप्त गर्न सफल भएका छन् । 
यसैगरि आन्तरिक पर्यटकहरुमध्ये सन् २०१७ को मार्चमा ६८ हजार चार सय १२ जना मात्र लुम्बिनी दर्शन गरेकोमा सन् २०१८ को मार्चमा ८० हजार ६ सय ७२ जना नेपालीहरुको लुम्बिनी आएका छन् ।
त्यस्तै आन्तरिक पर्यटककै सूचीमा पर्ने ईण्डियन नागरिकहरु पनि सन् २०१७ को मार्चमा नौ हजार सातसय २१ जना लुम्बिनी दर्शनका लागि आएकोमा सन २०१८ को मार्चमा १८ हजार नौ सय ८६ जनाले लुम्बिनीको भ्रमण गरेका छन् ।
लुम्बिनीमा आन्तरिक तथा बाह्य पर्यटक बृद्धि भएपछि लुम्बिनी बिकास कोषले लुम्बिनी संरक्षण शुल्कवापत तेस्रो मुलुकका नागरिकसँग दुईसय रुपैयाँ, सार्कराष्ट्रका पर्यटकसँग एकसय र भारतीय पर्यटकसँग १६ रुपैयाँ बिदेशी नागरिकसँग प्रतिदिन क्यााराशुल्क १० यू.एस.डालर,ब्यवसायिक छायाँकन पाँच हजार यू.एस.डालर,नेपाली तथा भारतीय नागरिकको हकमा स्टील क्यामराको १५ रुपैयाँ,भीडियो क्यामराको दुईसय रुपैयाँ र ब्यवसायिक छायांकनको पाँच हजार रुपैया तथा हेलीप्याड शुल्क पाँच हजार रुपैयाँका दरले राजस्व संकलन गर्दै आएको छ । यद्यपी, लुम्बिनीमा पर्यटकको चहलपहल बढेपनि भारतीय भूमि हुदै लुम्बिनी आई एकै दिनमा उतै फर्कने परिपाटी अन्त नहुँदा रिक्सा,जीप,कार, होटेल तथा रेष्टुरेण्ट तथा होटेल ब्यवसायीहरुले पर्यटन प्रबद्र्धन हुन नसकेको गुनासो गर्ने गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप