शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

वडा अध्यक्षद्वारा छोरालाई निजी विद्यालयबाट निकालेर सामुदायिक विद्यालयमा भर्ना

शुक्रबार, ०७ वैशाख २०७५, ११ : २९
शुक्रबार, ०७ वैशाख २०७५

भक्तपुर । अहिले देशमा भर्ना अभियान चलिरहेको छ । विद्यालय बाहिर रहेका सबै बालबालिकालाई भर्ना गराउने अभियानमा अभिभावकत्व ग्रहण गर्न प्रधानमन्त्रीदेखि जनप्रतिनिधि समेत सक्रिय छन् । 

भक्तपुरको सूर्यविनायक नगरपालिका वडानम्बर ७ का वडा अध्यक्ष रविन्द्र सापकोटाले पनि अभियानलाई सफल बनाउन आफ्नो छोरालाई निजी विद्यालयबाट निकालेर सामुदायिक विद्यालयमा भर्ना गरेका छन् । 

उनले अघिल्लो बर्ष निजी विद्यालयमा भर्ना गरेका छोरा स्वर्णीम सापकोटालाई यसवर्ष सोही वडामा रहेको भैरवी आधारभुत विद्यालयमा एल केजी भर्ना गरिदिएका हुन् । 

रातोपाटीसँग कुरा गर्दै अध्यक्ष सापकोटाले भने, ‘आम अभिभावकको चाहाना र सामुदायीक विद्यालयको गुणस्तर परिर्वतन गर्न अभियान आफैबाट सुरु गरेको हुँ ।’ ’

अरुलाई सामुदायिक विद्यालयमा भर्ना गर्नुहोस् भन्दै हिँड्ने जनप्रतिनिधिले आफ्नो सन्तान चाहिँ संस्थागतमा पढाउनु सोभनिय नहुने सापकोटाको तर्क छ । 

यसैवीच वडामा रहेका आम सर्वसारण र अभिभावकहरुको चाहाना अनुसार उक्त विद्यालयको पुनःसंरचना गरिएको छ । 

जसमा निजी विद्यायलसँग प्रतिस्पर्धा गर्दै विद्यार्थीसंख्या बढाउने र बालबालिकालाई गुणस्तरीय शिक्षा दिने उद्देश्य राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप