बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बालकविता: चर्को घाम

शनिबार, ०८ वैशाख २०७५, ०८ : ५१
शनिबार, ०८ वैशाख २०७५

-रमेशचन्द्र घिमिरे  

टेरिएन छाता लैजा भन्दाखेरि आमाले
ऐले साह्रै पोल्यो मलाई चर्को घामले ।

कोही ढुङ्गा उचाल्छन्, कोही गिटी फुटाउँछन्
पसिनाको खेती गर्छन् श्रम जुटाउँछन्
कर्मी, कुल्ली, ज्यामी दाइको केही छैन शिरमा
छाता ओढ्न नपाए’नि छैनन् पीरमा ।

व्यस्त भा’छन् हली–बाउसे आफ्नै–आफ्नै कामले 
यिनलाई किन नपोलेको चर्को घामले ?

मैलाई घामले पोल्ने अनि मैलाई थकाइ लागने 
मैले मात्र के लाजले छाता मागने
म’नि श्रम गर्छु आजै म’नि जाँगर पोख्दछु
खेत खन्छु, घाँस काट्छु, ढुङ्गा बोक्दछु ।

बजारबाट झिल्के छाता किन्दिए’नि मामाले
ओढ्दिनँ भो पोले पोलोस् चर्को घामले ।

(तिजेगीतको भाकामा)
मध्य नेपाल नगरपालिका–६, भोर्लेटार लमजुङ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप