गजल
शनिबार, ०८ वैशाख २०७५, ०८ : ५३
-लीलाराज दाहाल
सानी थिएँ अलि बढेँ छाउपडी भएँ
घरबाट गोठमा सरेँ छाउपडी भएँ !
बस्नुपर्ने छुइ हुँदा छाउगोठमा किन ?
आफैसँग प्रश्न गरेँ छाउपडी भएँ !
ढाल्नै पर्ने पर्खाल यो अग्लो हुँदै गयो
कुरीतिको रापले डढेँ छाउपडी भएँ !
असामाजिक प्रथा यो चल्ला कति अझै ?
समाज सित्तै युद्ध लढेँ छाउपडी भएँ !
-वागमती-११, कर्मैया, सर्लाही