बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

महोत्तरीमा झुन्डिएको अवस्थामा पुरुष फेला

शनिबार, ०८ वैशाख २०७५, १४ : ०६
शनिबार, ०८ वैशाख २०७५

निकेश खनाल 
महोत्तरी–महोत्तरीको औरही नगरपालिकामा झुन्डिएको अवस्था शनिबार बिहान एक पुरुषको शव फेला परेको छ । औरही नगरपालिका –१ रहेको  डोमा पहलमान थान पीपलको रुखमा शनिबार बिहान  नाम थर वतन नखुलेको  पुरुष झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । 
स्थानीयले निलो रंगको टिर्सट र क्रिम रंगको  प्यान्ट लगाएका अन्दाजी ३५ वर्षको जस्तो देखिने पुरुषको शव स्थानीयबासिन्दाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना स्थलमा ईलाका प्रहरी कार्यालय गौशाला र औरही प्रहरीचोकीको टोली पुगेर अनुसन्धान गरिरहेको छ । आत्महत्या गरेको वा हत्या गरेर झुण्डाएको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोलाकुमार भट्टले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप