शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टी एकता गर्ने भनेको दिन पारेर यस्तो आयो प्रचण्डको विज्ञप्ती

शनिबार, ०८ वैशाख २०७५, २२ : १८
शनिबार, ०८ वैशाख २०७५

काठमाडौं-एमाले र माओवादवीच पार्टी एकताका लागि बैशाख ९ गतेको दिन तय भएको थियो ।

तर, अन्तिम समयमा आएर केही विवादित विषयमा सहमति नुजेटेपछि एकता रोकिएको छ ।

भी।आई। लेनिनको १४८ औैं जन्म जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको ६९ औं स्थापना दिवसको अवसर पारेर प्रचण्डले विज्ञप्ती जारी गरेका छन् । यो दिवस बैशाख ९ गते हो । तर, भोलिको विहान प्रकाशित गर्नका लागि प्रचण्डको सचिवालयले ८ गते राती नै विज्ञप्ती जारी गरेको छ । 

विज्ञप्तीमा प्रचण्डले पार्टी स्थापना दिवस र लेनिन जयन्तीको यो ऐतिहासिक अवसरमा देशका सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरु र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन तथा  समाजवादको आधार निर्माणको ऐतिहासिक अभियानमा सहभागी हुन अपील गरेका छन् । 

विज्ञप्तीमा छ 

-विश्व सर्वहारा वर्गका महान् नेता कमरेड भी।आई। लेनिनको १४८ औैं जन्म जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको ६९ औं स्थापना दिवसको अवसरमा हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी एवम् प्रगतिशील र देशभक्त जनसमुदायमा हार्दिक बधाईसहित शुभकामना व्यक्त गर्दछ । यस अवसरमा महान् सहिदहरुप्रति श्रद्धाञ्जली, बेपत्ता योद्धाहरुप्रति सम्मान र घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दछ ।

-लेनिनको जन्म जयन्तीको अवसर पारेर आजभन्दा ६९ वर्ष पहिले २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । वर्ग–संघर्ष र विचारधारात्मक संघर्षको लामो श्रृङ्खला एवं विभाजन र एकताको अनगिन्ती अनुभवहरु हासिल गर्दै कम्युनिष्ट आन्दोलन आजको अवस्थामा आइपुगेको छ ।

-जनयुद्धको जगमा भएको जनआन्दोलनले सयौं वर्षको राजतन्त्रलाई समाप्त गरी संविधानसभाद्वारा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको हो । गणतन्त्र, धर्म निरपेक्षता, संघीयता, समावेशीतासहितको समाजवाद उन्मुख नयाँ संविधानको सफल कार्यान्वयनका लागि समाजवादी आन्दोलनको आधार तयार पार्ने अहिलेको हाम्रो मुख्य अभिभारा हो ।

-स्थानीय तह, प्रादेशिक र संघीय निर्वाचन सम्पन्न गरि देश अहिले स्थिरता, सुशासन र विकासको व्यवहारिक अभ्यासको चरणमा छ । यो समाजवाद उन्मुख संविधान कार्यान्वयनको पहिलो खुट्किलो हो । नेपाली जनताले सामााजिक न्यायसहितको समृद्धिको नयाँ युगको अपेक्षा गरेका छन् ।

-कम्युनिष्ट पार्टीहरु बीचको एकीकरण र समाजवादको आधार निर्माणका निम्ति संविधान कार्यान्वयनसँगै देशको आर्थिक समृद्धिका लागि महान् लेनिनले तत्कालिन सोभियत संघमा पुर्याउनु भएको योगदान यहाँ स्मरणयोग्य छ ।

-पार्टी स्थापना दिवस र लेनिन जयन्तीको यो ऐतिहासिक अवसरमा हाम्रो पार्टी देशका सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरु र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन तथा  समाजवादको आधार निर्माणको ऐतिहासिक अभियानमा सहभागी हुन हार्दिक अपील गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप