शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सचिन स्मृति खुला दौड प्रतियोगितामा आर्मीका अनिल मझकोटी विजयी

आइतबार, ०९ वैशाख २०७५, ०९ : ०३
आइतबार, ०९ वैशाख २०७५

तनहुँ - तनहुँको दमौलीमा शनिबार सम्पन्न १५ औं सचिन स्मृति खुला दौड प्रतियोगितामा नेपाल आर्मीका अनिल मझकोटी विजयी भएका छन् । 

रोट्रयाक्ट क्लव अफ दमौलीको आयोजनामा भएको प्रतियोगितामा नेपाल आर्मीका मझकोटिले ९ किलोमिटरको दौड ३४ मिनेट ५१ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान सुनिश्चित गरेका थिए ।
 
प्रथम स्थान हासिल गर्न सफल मझकोटी ८ हजार नगद र प्रमाणपत्रबाट सम्मानित भएका छन् । 

आर्मीकै मिलन केसिले ३५ मिनेट ९ सेकेन्डमा दौड पूरा गर्दै द्वितीय भए त्यसैगरी आर्मीकै विर बहादुर बोहराले ३५ मिनेट ३६ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भए । उनीहरुले क्रमशः ५ हजार र ३ हजार नगदसहित प्रमाणपत्र पाए । त्यस्तै अभिनास ठकुरीले ३६ मिनेट ८ सेकेन्डमा उक्त दौड पार गरि चौथो हुन सफल भएका छन् । चौथो हुन सफल ठकुरीले १ हजार सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा कान्छो धावक सुजन रिमाल लाई समेत प्रोत्साहन स्वरूप १ हजार र प्रमाणपत्र प्रदान गरिएको छ ।

उक्त दौड प्रतियोगितामा महिला तर्फ सत्यवती माविकी मनिसा प्रधान प्रथम, सृजना श्रेष्ठ द्वितीय र करुणा श्रेष्ठ तृतीय भएका छन् । प्रथम हुन सफल मनिसा प्रधानलाई नगद १ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो । 

९ किलोमीटरको दौड दमौली प्रशासन चोकबाट सुरूवात भई घाँसिकुवा पुगि पुनः सोहि बाटो हुँदै प्रशासन चोकमा आई उक्त प्रतियोगिता सम्पन्न भएको हो । 

खुला दौड प्रतियोगितामा ३९ जना सहभागी थिए । रोट्रयाक्ट क्लब अफ दमौलीको आयोजनामा शनिबार १५ औं सचिन स्मृति खुला दौड प्रतियोगिता भएको हो । 

भारतको कोलकातामा क्लबको कार्यक्रममा सहभागी हुन जाने क्रममा सवारी दुर्घटनामा परी ज्यान गुमाएका क्लबका तत्कालिक सहसचिव सचिन कुमार श्रेष्ठको स्मृतिमा क्लबले सन् २००३ देखि हरेक वर्ष दौड प्रतियोगिता आयोजना गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण श्रेष्ठ
किरण श्रेष्ठ
लेखकबाट थप