शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लगातार चौँथो पटक बार्सिलोनालाई कोपा डेल रेको उपाधि

आइतबार, ०९ वैशाख २०७५, ०९ : ०७
आइतबार, ०९ वैशाख २०७५

बार्सिलोना । लुईस सुवारेजको दुई गोलको मद्दतले सेभियालाई ५–० गोल अन्तरले हराउँदै बार्सिलोनाले कोपा डेल रेको उपाधि आफ्नो कब्जामा पारेको छ ।

बार्सिलोनाले कप उपाधि जितेको यो लगातार चौँथो सिजन हो ।

सेभिया पहिलो हाफमा नै ३–० गोलअन्तरले पछि परेको थियो ।

सुवारेजले खेलको १४ औँ मिनेटमा नै फिलिपे काउन्टिन्होको पासमा बार्सिलोनालाई अग्रता दिलाएका थिए । लियोनेल मेस्सीले बार्सिलोनाको अग्रता दोब्बर बनाए भने उनले सुवारेजका लागि तेस्रो गोलको अवसर सृजना गरे ।

खेलको दोस्रो हाफमा इनियेस्टाले अर्को गोल थपे भने काउन्टिन्होले पेनाल्टीबाट गोल गर्दै बार्सिलोनालाई विशाल जित दिलाए ।

गत मेमा अर्नेस्टो भालभार्डेले बार्सिलोनाको नेतृत्व लिए पछि बार्सिलोनाले जितेको यो पहिलो उपाधि हो ।

यो जितसँगै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा रोमाविरुद्ध बेहोरेको अप्रत्यासित हारबाट बार्सालाई केही राहत मिलेको छ ।

आइतबार एथ्लेटिको म्याड्रिड रियल बेटिससँग हारे बार्सिलोनाले लिग उपाधिमाथि पनि कब्जा जमाउनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप