शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डिभेलियर्सको विस्फोटक ब्याटिङले बैंग्लोरलाई राहत

आइतबार, ०९ वैशाख २०७५, ०९ : २१
आइतबार, ०९ वैशाख २०७५

नयाँ दिल्ली । एबी डि भिलियर्सको विस्फोटक ब्याटिङको मद्दतले रोयल च्यालेन्जर्स बैंग्लोरले दिल्ली डेयर डेभिल्सलाई ६ विकेटले पराजित गरेको छ ।
जारी प्रतियोगितामा बैंग्लोरको यो दोस्रो जीत हो ।

डिभिलियर्सले मात्र ३९ बलमा ९० रन बनाएपछि पहिलो ब्याटिङ गर्दै दिल्लीले प्रस्तुत गरेको १ सय ७५ रनको लक्ष्य बैंग्लोरले मात्र चार विकेटको क्षतिमा १२ बल अगावै पछ्यायो ।

डिभिलियर्सले विस्फोटक ब्याटिङको उदाहरण प्रस्तुत गर्दै ५ छक्का र १० चौका हिर्काए ।

त्यस्तै कप्तान विराट कोहलीले ३० रन बनाउँदै उनलाई राम्रो साथ दिए ।

यसअघि, रिसव पन्तको ८५ तथा श्रेयस ऐयरको ५२ रनको मद्दतले दिल्लीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७४ रन बनाएको थियो ।

हारपछि दिल्ली ५ खेलपछि मात्र १ जीतसहित तालिकाको पुछारमा रहेको छ भने बैंग्लोर २ जीत र ३ हारसहित पाँचौ स्थानमा उक्लिएको छ ।

शनिबार नै भएको अन्य खेलमा किंग्स इलेभेन पञ्जाबले कोलकाता नाइट राइडर्सलाई डकवर्थ लेविसअन्तरगत ९ विकेटले हराउँदै तालिकाको शीर्ष स्थानमा कब्जा जमाउन सफल भएको छ ।

कोलाकाताले पहिलो ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १९१ रन बनाएको थियो । कोलकाताका लागि क्रिस लिनले सर्वाधिक ७४ तथा कप्तान दिनेश कार्तिकले ४३ रन बनाए ।

तर, पञ्जाबले ब्याटिङ गर्ने क्रममा वर्षा भएपछि १३ ओभरमा १२६ रनको नयाँ लक्ष्य दिइएको थियो ।

ओपनरद्वय केएल राहुलले २७ बलमा ६० तथा क्रिस गेलले नट आउट रहँदै ३८ बलमा ६२ रन बनाएपछि पञ्जाबले सहजै उक्त लक्ष्य पछ्यायो ।

कोलकाता ६ खेलमा ३ जीत र ३ हारसहित तालिकाको तेस्रो स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप