शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

युनाइटेडको किर्तिमानी जीत, टोटनहमको रेकर्ड पराजय

आइतबार, ०९ वैशाख २०७५, ०९ : ३८
आइतबार, ०९ वैशाख २०७५

लण्डन । एक गोलले पछि परेको स्थिति उल्टाउँदै म्यान्चेस्टर युनाइटेडले टोटनहम हटस्पर्सलाई २–१ गोलले पराजित गर्दै एफए कपको फाइनलमा प्रवेश गरेको छ ।

युनाइटेड एफए कपको फाइनलमा पुगेको यो किर्तिमानी २० औँ पटक हो । उता, स्पर्सले भने प्रतियोगिताको यो चरणमा बेहोरेको लगातार आठौँ हार हो ।

शनिबार भएको खेलमा स्पर्सले उत्कृष्ट शुरुवात गरेको थियो । खेलको ११ औँ मिनेटमा नै डेली अलीले क्रिस्टियन एरिक्सनको पासमा गोल गर्दै स्पर्सलाई अग्रता दिलाए ।

तर, खेलको २४ औँ मिनेटमा एलेक्सीस सान्चेजले पाउल पोग्बाको पासमा गोल गर्दै खेल बराबरीमा ल्याए । 

खेलको दोस्रो हाफमा एन्डर हरेराले निर्णायक गोल गर्दै युनाइटेडलाई जीत दिलाए ।

अब युनाइटेडले मे १९ मा हुने फाइनलमा चेल्सी र साउथह्याम्पटनबीचको विजेतासँग भिड्नेछ ।

यता, स्पर्स सन् १९९१ मा आर्सनललाई सेमिफाइनलमा हराए यता प्रतियोगिताको कुनै पनि सेमिफाइनल खेल जित्न सकेको छैन ।

चार सिजन क्लबको नेतृत्व सम्हाले पनि माउरिसियो पोचेटिन्हो अझै उपाधिविहीन रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप