शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्याराग्लाइडिङ खेलबाट पदकको सम्भावना’ : मन्त्री विश्वकर्मा

आइतबार, ०९ वैशाख २०७५, १० : १६
आइतबार, ०९ वैशाख २०७५

पोखरा - युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले १८आँै एशियाली खेलकूद प्रतियोगितामा प्याराग्लाइडिङ खेल राष्ट्रका लागि पदक प्राप्त गर्ने सम्भावना रहेको बताउनु भएको छ । 

इण्डोनेशियाको जकार्तामा भदौ २ देखि १६ गतेसम्म आयोजना हुने एशियाली खेलमा छानिएका प्याराग्लाइडिङ खेलाडीलाई पोखरामा आज बधाई तथा शुभकामना दिँदै मन्त्री विश्वकर्माले खेलाडीेले उच्च मनोबलका साथ खेल खेल्नुपर्नेमा जोड दिनुभयो । 

एशियाली खेलमा पहिलो पटक समावेश भएको प्याराग्लाइडिङ खेलले राष्ट्रको प्रतिष्ठामाथि उठाउनेमा आफू ढुक्क रहेको बताउँदै उहाँले यो ऐतिहासिक अवसरलाई राष्ट्रको गरिमा बढाउने गरी खेलाडीलाई प्रदर्शन गर्न आग्रह गर्नुभयो । 

अठाराँै एशियाली खेलमा जाने अफिसियललाई कडाइका साथ नियन्त्रण गर्ने बताउँदै मन्त्री विश्वकर्माले अन्तर्राष्ट्रिय खेलमा पदक प्राप्त गरी देशको प्रतिष्ठालाई उच्च राख्ने खेलाडीलाई सम्मान गरिने जानकारी दिनुभयो । 

सो प्रतियोगितामा प्याराग्लाइडिङ खेलमा नेपालका तर्फबाट दुई उपविद्यामा १० जना खेलाडीले तीन मेडलका लागि प्रतिस्पर्धा गर्नेछन् । पहिलो पटक १८आँै एशियाली खेलकूदमा समावेश गरिएको प्याराग्लाइडिङ खेलमा करीब ३० भन्दा बढी राष्ट्रको सहभागिता रहने बताइएको छ । 

ग्रामीण क्षेत्रमा खेलकूद गतिविधि बढाइने 

युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले खेलकूदका गतिविधि ग्रामीण क्षेत्रमा विस्तार गरिने बताउनु भएको छ । 

कास्कीको पर्यटकीय गाउँ धम्पुसमा लाली गुराँस युवा क्लबद्वारा आयोजित गन्तव्य धम्पुस महोत्सवको शनिबार समापन समारोहमा बोल्दै उहाँले ग्रामीण क्षेत्रमा रहेका खेलमैदानको स्तरोन्नति मन्त्रालयको प्राथमिकतामा रहेको जानकारी दिनुभयो । 

मन्त्री विश्वकर्माले महोत्सवमा आयोजित विभिन्न खेलकूद प्रयोगितामा विजयी टोली तथा खेलाडीलाई नगद पुरस्कार तथा मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो । महोत्सवमा आयोजित पुरुष भलिबल प्रतियोगतामा संगम युवा क्लब गल्कोट बाग्लुङले हात पार्दै नगद एक लाख, मेडल भने माछापुच्छ«े गाउँपालिका–२ भुर्जङखोलाले दोस्रो स्थान हासिल गर्दै नगद ७० हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । 

महिला भलिबल प्रतियोगितातर्फ टप्स उच्च मावि प्रथम, माछापुच्छ«े गाउँपालिका–८ ल्वाङ द्वितीय भई नगद पुरस्कारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए । 

नेकपा एमालेका केन्द्रीय सदस्य तथा धम्पुसका पर्यटन व्यवसायी दलबहादुर गुरुङ, लालीगुराँस युवा क्लबका संस्थापक अध्यक्ष समबहादुर गुरुङ, क्लबका अध्यक्ष आसिम गुरुङ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप