शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दैनिक शंख बजाउनेलाई लाग्दैन यी १० रोग, थाहा पाउनुस् कसरी

आइतबार, ०९ वैशाख २०७५, ११ : २९
आइतबार, ०९ वैशाख २०७५

ओन्ली माई हेल्थ

शंखलाई हिन्दु धर्मसँग जोडिन्छ तर यसको वैज्ञानिक महत्व पनि छ । यसको प्रयोगले स्वास्थ्यलाई विभिन्न फाइदासमेत पुर्याउँछ । शंख घरमा हुँदा नकारात्मक ऊर्जा र शक्तिलाई नष्ट गर्ने बताइन्छ । आयुर्वेदमा शंखलाई निकै लाभदायक मानिन्छ । शंख बजाउँदा पिसाब थैली, पेटको तल्लो भाग, छाती र गर्धनको मांशपेशीको स्वतः व्यायाम हुने गर्दछ । आउनुहोस् शंख फुक्दा स्वास्थ्यलाई पुग्ने फाइदाबारे जानकारी लिऔंः

१. फोक्सोका लागि फाइदाजनकः

शंख बजाउँदा हाम्रो फोक्सोको राम्रो व्यायाम हुन्छ । यदि स्वास सम्बन्धी रोग छ भने नियमित रुपमा शंख बजाउँदा यो रोगबाट मुक्त हुने पुराणमा उल्लेख छ । प्रत्येक दिन शंक फुक्दा घाँटी र फोक्सोको रोग लाग्न दिँदैन । शंखले मुखको सबै रोग नष्ट हुन्छ । शंख बजाउँदा अनुहार, श्वास प्रणाली, फोक्सोको व्यायाम हुन्छ  । शंख बजाउँदा स्मरण शक्ति पनि बढ्छ ।

२. छाला र हड्डीको हेरचाहः

शंख छाला रोगीहरुका लागि पनि निकै फाइदाजनक छ । यो कुरा सुनेर सायद तपाईंलाई अचम्म लाग्यो होला तर यो वास्तविक हो । यसका लागि राती शंखमा पानी भरेर राख्नुहोस् र बिहान उठेर यसको पानीले आफ्नो छालाको मसाज गर्नुहोस् । यो पानीले मसाज गर्दा छाला रोग जस्तै एलर्जी, घमौरा, सेतो दागलगायत निको हुन्छन् । शंखमा प्राकृतिक क्याल्सियम, सल्फर र फस्फोरसको भरपुर मात्रा पाइन्छ त्यसकारण शंखमा राखिएको पानीको सेवन गर्दा हड्डी बलियो हुन्छ । र यो दाँतका लागि पनि फाइदाजनक हुन्छ ।

३. आँखाका लागि गुणकारीः

आँखाको समस्या जस्तै सुख्खा आँखा, सुन्निने र आँखाको संक्रमण आदि विभिन्न प्रकारको समस्या शंखमार्फत उपचार गर्दा ठिक हुन्छ । यस्तो समस्या देखिए शंखमा राखिएको पानी हातमा लिनुहोस्, त्यसमा आफ्नो आँखा डुबाउनुहोस् र आँखाको नानीलाई केही सेकेन्डसम्म दायाँबायाँ घुमाउनुहोस् । साथै, आँखाको ज्योती बढाउनका लागि रातभरी शंखमा राखिएको पानी र साधारण पानी बराबर मात्रामा मिसाउनुहोस् र यसले आँखा धुनुहोस् । यसो गर्दा तपाईंको आँखाको ज्योती बढ्छ ।

४. हृदयघातको सम्भावना कमः

रातभरी शंखमा राखिएको पानीमा गुलाबजल मिसाउनुहोस् । यसले कपाल धुनुहोस् । यसो गर्दा केही दिनमा कपालको रंग प्राकृतिक हुख्छ । यसै पानीले आँखी भौँ, जुंघा, दाह्री पनि धुनुहोस् । यसले कपाललाई मुलायम बनाउँछ ।

शंख बजाउँदा फोक्सोको दुषित हावा बाहिर निस्कने गर्दछ जसका कारण शरिरले ऊर्जा पाउँछ । प्रतिदिन यस्तो गर्दा शरिर शक्तिशाली बन्छ र तपाईंको काम गर्ने क्षमतामा वृद्धि हुन्छ । यसका साथै, शंखको ध्वनी लगातार सुन्नु हृदय रोगीका लागि फाइदाजनक हुन्छ । यसको प्रभावले हृदयघातको सम्भावना निकै कम हुन्छ ।

५. गुदा र प्रोस्टेटका लागि फाइदाजनकः

जब तपाईं शंख बजाउनुहुन्छ तब यसको सिधा असर तपाईंको गुदा र प्रोस्टेटमा पर्छ । शंख बजाउँदा गुदाको मांशपेशी बलियो हुन्छ । पायल्स र अन्य स–साना रोगबाट टाढै राख्छ । यसको असर पुरुषको प्रोस्टेट एरियामा पनि हुन्छ । नियमित शंख बजाउनेलाई प्रोस्टेट सम्बन्धी रोग लाग्दैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप