शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सगरमाथा आरोहणका लागि पाँच पत्रकारलाई सरकारद्वारा ४० लाख सहयोग

आइतबार, ०९ वैशाख २०७५, ११ : ४५
आइतबार, ०९ वैशाख २०७५

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लागेका महिला पत्रकारहरुलाई सरकारले ४० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । गत चैत ७ गते बसेको मन्त्रिपरिषद् बैठकले ५ जना महिला पत्रकारहरुलाई रु ८ लाखको दरले ४० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८ का सदस्यहरुलाई आर्थिक सहयोगका लागि प्रस्ताव गरेको थियो ।

राष्ट्रिय समाचार समितिकी रोशा बस्नेत, न्युज टेलिभिजनकी लक्ष्मी कार्की, मेघा टेलिभिजनकी कल्पना महर्जन, नेपाल टेलिभिजनकी रोजिता बुद्धाचार्य तथा स्वतन्त्र पत्रकार देउराली चाम्लिङ सन् २०१८ को वसन्त ऋतुमा सगरमाथाको आरोहण गर्दैछन् ।

महिला सशक्तिकरण, नेपालको पर्यटन प्रबद्र्धन तथा आम समुदायको आवाज मिडियाकर्मीको रुपमा बाहिर ल्याउने उद्देश्यले सगरमाथा आरोहण गर्न लागेको उनीहरुले बताएका छन् ।

टोलीले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मन्त्रिपरिषदबाट आर्थिक सहयोग गर्न तथा आरोहणका लागि चाहिने परमिट लगायतको १० हजार अमेरिकी डलर बराबरको राजश्व मिनाह गर्न आग्रह गरेका थिए ।

त्यतिबेला उनीहरुले नेपाल पत्रकार महासंघसहित विभिन्न संस्थाले आर्थिक सहयोगका लागि प्रतिबद्धता जनाएको पनि बताएका थिए ।

सगरमाथालगायत हिमाल आरोहणका लागि लिइने सरकारी आर्थिक सहयोग बेला विवादमा आउने गरेका छन् । यसअघि, स्वर्गीय प्रकाश दाहाललाई सगरमाथा आरोहणका लागि सरकारी सहयोग दिने तथा हिमाल आरोहणका लागि सञ्जय पण्डितले आर्थिक सहयोग लिएको विषयले सञ्चारमाध्यममा ठूलो हंगामा मच्याएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप