शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यी दुई साना कुरामा पार्टनर नगर्नुहोस् झगडा, सम्बन्ध हुनेछ कमजोर

आइतबार, ०९ वैशाख २०७५, १२ : १६
आइतबार, ०९ वैशाख २०७५

ओन्ली माई हेल्थ

सम्बन्ध जति बलियो किन नहोस्, हरेक सम्बन्धमा कुनै न कुनै बेला खटपट त पर्ने नै गर्छ । यही कुरा श्रीमान् श्रीमतीको सम्बन्धमा पनि लागू हुन्छ । सम्बन्ध अंतरंग र बलियो हुँदा हुँदै पनि केही समयपछि  यसमा दरार आउन थाल्छ । यदि तपाईंको सम्बन्धमा पनि यस्तै भइरहेको छ भने आफ्नो गल्ती स्विकार गर्नुहोस् र कमी कमजोरीलाई टाढा राख्ने कासिस गर्नुहोस् । तर सबैभन्दा पहिले त सम्बधमा किन र कसरी दरार आयो भन्ने बुझ्न जरुरी छ । साधारणतया भिन्न विचार र अलग अपेक्षाका कारण सम्बन्ध टुट्ने अवस्थामा पुग्छ । आउनुहोस्, सम्बन्धलाई अन्त्यतिर धकेल्ने अन्य कारणबारे जानकारी लिऔंः

१. सम्बन्धलाई हल्का रुपमा नलिनुहोस्ः

सम्बन्धमा चिसोपन आउनुका विभिन्न कारणमा समयमा कमी, विचारको बेमेललगातका कुरा पर्दछन् । तर सम्बन्धलाई हल्का रुपमा लिनु पनि एक कारण हो । डेली मेलमा प्रकाशित शोधका अनुसार सम्बन्ध स्थापित भएको दुई वर्ष ९ महिनापछि मानिसहरु आफ्नो सम्बन्धलाई हल्का रुपमा लिन थाल्छन् जसका कारण सम्बन्ध अन्त्यको आशंका बढ्ने गर्दछ ।

२. सोसल मिडिया नेटवर्किङ साइटका कारणः

सम्बन्ध अन्त्यको विभिन्न कारण हुनसक्छन् तर लण्डनमा भएको एक शोधका अनुसार सोसल मिडिया नेटवर्किङका कारण सम्बन्ध टुटिरहेका छन् । उक्त अनुसन्धान अनुसार सोसल मिडियाका कारण सम्बन्धमा गम्भीरता समाप्त भइरहेको छ किनभने मानिसहरु आफ्नो पार्टनरसँग कुराकानी गर्नुको साटो सोसल मिडियामा धेरै समय बिताइरहेका छन् ।

३. कुराकानीको अभावः

थुप्रै पटक एक अर्कासँग खुलेर कुराकानी नगर्दा पनि सम्बन्धमा दरार आउन थाल्छ । कुराकानी एक सफल सम्बन्धको कसी हो विशेषगरी श्रीमान श्रीमतीको सम्बन्धमा । यदि तपाईं र तपाईंको पार्टनरबिच कुराकानी राम्रो भइरहेको छ भने सम्बन्धमा दरार पैदा हुने सम्भावना निकै कम हुन्छ ।

४. आकर्षणः

थुप्रै पटक हामी कसैलाई हेर्दा मात्र पनि आकर्षित भएर सम्बन्धको सुरुवात गर्ने गर्छौं । पछि हामी आशामा खरो उत्रन नसकेपछि सम्बन्धमा तनाव पैदा हुन थाल्छ । यो पनि सम्बन्धमा दरार आउने सबैभन्दा ठूलो कारण हुन्छ ।

५. इच्छाका कारणः

अधिकांश पुरुष र क्रिकेट वा फुटबल जस्ता खेल हेर्न रुचाउँछन् । पुरुषलाई आफ्नो साथीसँग खेल हेर्न निकै मनपर्छ जुन उनकी पार्टनरलाई मन पर्दैन । यसले पनि सम्बन्धमा चिसोपना निम्त्याउँछ । सम्बन्धमा मिठास कायम गरिराख्न यी सबै कुरालाई ध्यानमा राख्नुहोस् र आफ्नो पार्टनरलाई पनि यसको हिस्सा बनाउनुहोस् ।

६. महिलाको स्वभावका कारणः

महिलालाई अरुसँग लामो कुराकानी गर्न मनपर्छ । त्यसकारण यदि तपाईंकी प्रेमिका वा श्रीमती अन्य पुरुषसँग लामो कुराकानी गर्छिन् वा अरु कोहीसँग पार्टीमा जानका लागि तयार हुन्छिन् भने यो पुरुषलाई मन पर्दैन जसका कारण सम्बन्ध टुट्टे संघारमा पुग्छ ।

७. स्वभाविक रहनुहोस्ः

थुप्रै पटक एक अर्कालाई परिवर्तन गर्ने कोसिसका कारण पनि सम्बन्धमा दरार आउन थाल्छ । एक अर्कालाई परिवर्तन गर्ने कोसिस र दबाबको सम्बन्ध धेरै दिनसम्म टिक्दैन त्यसकारण तपाईं जस्तो हुनुहुन्छ त्यस्तै रहनुहोस् र पार्टनरलाई पनि त्यस्तै रहन दिनुहोस् । सम्बन्ध दबाबमा झुल्दैन । आफ्नो पार्टनर जस्तो छ त्यस्तै स्विकार्नुहोस् ।

८. एक अर्कालाई नजरअन्दाज गर्नुः

सम्बन्धमा एक अर्कालाई नजरअन्दाज गर्नु पनि दरारको मुख्य कारण हो । स–सानो झगडाले कहिले ठूलो रुप लिन्छ त्यो थाहा नै हुँदैन । जब एक सम्बन्धमा दुई व्यक्ति एक अर्काको सुन्ने र बुझ्नै चाहँदैनन् भने यो खतराको घन्टी हो ।

९. खाना साथीसँगै खानुहोस्ः

समयको कमीका कारण आजकाल मानिसहरु एक अर्कालाई समय दिन पाउँदैनन् । यसले पनि सम्बन्धमा अन्तर पैदा गर्नसक्छ । त्यसकारण बिहान होस् वा बेलुका, कम्तीमा एक पटकको खाना पार्टनरसँगै खानुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप