शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीका यूवा नेता भाट बने तीन विद्यार्थीको अभिभावक

आइतबार, ०९ वैशाख २०७५, १३ : ५६
आइतबार, ०९ वैशाख २०७५

काठमाडौं माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य एव ७ नम्बर प्रदेश प्रचारप्रसार विभाग प्रमुख ओम विक्रम भाट सरल तीन विद्यार्थीको अभिभावक बनेका छन् । 

उनी कञ्चनपुरको बेदकोट नगरपालिका १० चतहरीको रत्न माध्यामिक विद्यालयका तीन विद्यार्थीको अभिभावक बनेका हुन् ।

भाटले उक्त विद्यालयमा तीन जना छात्रछात्राको पढाई खर्च बेहोर्ने सर्तमा अभिभावक बनेको विद्यालयले जनाएको छ ।

विद्यालयका प्राध्यानाध्यापक खडक सिह पालका अनुसार, सरलले कक्षा १० मा अध्ययनरत सपना रोकाया, ९ मा अध्ययनरत अञ्जु सार्की र ९ मै अध्ययनरत बलभद्र रानालाई पढाउने जिम्मा लिएर अभिभावकत्व ग्रहण गरेको छन् । माओवादी नेता भाट आइतबार विद्यालयमा गएर उनीहरु तीनै जनाको नाम लेखाएका छन् ।

भर्नाकै दिन तीनै जना विद्यार्थीलाई एक जोर युनिर्फम, झोला, कापी, कलम तथा शैक्षिक समाग्री समेत दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप