मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

शाहिद कपुरका तीन पिता, तीन आमा !

आइतबार, ०९ वैशाख २०७५, १४ : १०
आइतबार, ०९ वैशाख २०७५

मुम्बई । शाहिद कपुर यतिबेला दोस्रो पटक पिता बन्दैछन् । उनकी पत्नी मीरा राजपूत गर्भवति छिन् ।

दुवैको यतिबेला मीशा नामकी छोरी रहेका छन् । उनी चाँडै दुई वर्षको हुनेछिन् ।

तर, के तपाईंलाई थाहा छ, शाहिदका तीन पिता र तीन आमा रहेका छन् । तपाईंलाई पत्याउन गाह्रो पर्ला । तर, यो वास्तविकता हो ।

शाहिद कपुरका असली पिता पंकज कपुर
पंकज कपुर शाहिद कपुरका असली पिता हुन् । शाहिदकी आमा निलिमा अजीमको पहिलो विवाह पंकज कपुरसँग सन् १९७५ मा भएको थियो । तर, शाहिदको जन्म भएको तीन वर्षपछि सन् १९८४ मा पंकज र निलिमाको सम्बन्धविच्छेद भएको थियो । सम्बन्धविच्छेदपछि शाहिद आमा निलिमासँग बसे ।

दोस्री आमा सुप्रिया

सम्बन्ध विच्छेदपछि पंकज कपुरले सन् १९८९ मा नायिका सुप्रिया पाठकसँग विवाह गरेपछि उनी शाहिदकी दोस्रो आमा बनिन् । पंकज–सुप्रियाका दुई बच्चा रहेका छन् । छोराको नाम रुहान कपुर हो र छोरीको सना कपुर हो । सना चलचित्र शानदारमा देखिएकी थिइन् ।

दोस्रो पिता राजेश खट्टर

सन् १९९० मा निलिमाले अभिनेता राजेश खट्टरसँग विवाह गरिन् । तर, यो विवाह पनि चल्न सकेन । सन् २००१ मा दुवैले सम्बन्धविच्छेद गरे । सन् १९९५ मा दुवैको एउटा छोरा भएको थियो । २२ वर्षीय इसानले हालै माजिद मजीदीको चलचित्र वियोन्ड द क्लाउडस्बाट बलिउडमा डेब्यु गरेका छन् । ईशान आफ्नो आमासँग बस्छन् ।

निलिमाको तेस्रो विवाह

राजेश खट्टरसँग विवाह टुटेपछि उनले उस्ताद रजा अली खानसँग तेस्रो विवाह गरिन् । तर, यो विवाह पनि लामो चल्न सकेन । उता, राजेशले अभिनेतृ वन्दना सजनानीसँग सन् २००७ मा विवाह गरे । यस हिसाबले उनी शाहिदकी तेस्रो आमा बनिन् । 

शाहिदको ६ जनासँगै राम्रो सम्बन्ध रहेको छ । शाहिदको अन्य पिता र आमाबाट जन्मिएका भाई–बहिनीसँग पनि राम्रो सम्बन्ध रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप