शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अफगानिस्तानको मतदाता दर्ता केन्द्रमा आत्मघाती विस्फोट, ३१ जनाको मृत्यु

आइतबार, ०९ वैशाख २०७५, १५ : २३
आइतबार, ०९ वैशाख २०७५

काबुल । अफगानिस्तानको राजधानी काबुलस्थित मतदाता दर्ता केन्द्रमा भएको आत्मघाती विस्फोटमा परेर कम्तिमा ३१ जनाको निधन भएको छ ।

काबुल प्रहरीका कार्यकारी प्रमुख मोहमद दाउद अमिमका अनुसार स्थानीय समयअनुसार बिहान १० बजे आक्रमणकारीले मतदाता परिचय पत्र वितरण केन्द्रको ढोकामा बम विस्फोट गराएका थिए ।

इस्लामिक स्टेट अफ इराक एण्ड द लेभान्ट (आइएसआइएल) ले घटनाको जिम्मेवारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार घटनास्थलमा दर्जनौँ घाइतेहरुको उद्दार गरिएको बताउँदै हताहतीको संख्या बढ्न सक्ने बताए ।

शिया हजारा अल्पसंख्यक बस्ने दस्त ए बरची क्षेत्रमा बम विस्फोट भएको हो ।

आगामी अक्टोबर २० हुने संसदीय निर्वाचन अघि बम विस्फोटका घटनाहरु बढेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप