शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ब्यानर विवाद हल भयो

आइतबार, ०९ वैशाख २०७५, १५ : २६
आइतबार, ०९ वैशाख २०७५

काठमाडौं (लेनिन जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस पारेर एमाले र माओवादीले आयोजना गरेको कार्यक्रम उत्पन्न ब्यानार विवाद हल भएको छ । 
विवादपछि कार्यक्रम शुरु हुन सकेको थिएन । 
विवाद भएको ब्यानर विचमा राख्ने र दायाँबायाँ नयाँ ब्यानार राखेर कार्यक्रम गर्ने सहमति भएको छ । 
यी दुई पार्टीले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रम दिउँसो १२ बजेबाट शुरु हुने भनिएको थियो । तर, ब्यनारमा लेनिनको फोटो छुटेको तथा पार्टीको नाम अधुरो लेखेको भन्दै माओवादी केन्द्रका कार्यकर्ताले होहल्ला मच्चाएपछि कार्यक्रम ढिला हुन गएको हो ।
कार्यक्रम ढिला भएपछि शीर्ष नेता छलफलमा लागेका थिए । 
पछि उनीहरुले दुवैपक्षबाट गल्ती भएको भन्दै थप ब्यानर राखेर कार्यक्रम गर्ने सहमति गरेका थिए ।
आजको कार्यक्रममा प्रधानमन्त्री एवं एमाले  अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप