बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अब बोल्ने दिन सकियो, गर्ने दिन सुरु भएः मुख्यमन्त्री पौडेल

आइतबार, ०९ वैशाख २०७५, १५ : २८
आइतबार, ०९ वैशाख २०७५

धर्मेन्द्र दाहाल

हेटौँडा– प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अब बोल्ने दिन सकिएको बताएका छन् । लगानी बोर्डको आयोजनामा आज हेटौँडामा भएको लगानी सम्वन्धी कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले अब देशले गफ भन्दा काम खोजेको बताए ।

उनले भने “अब बोल्ने हैन, गर्ने हो, हमीले गर्ने विश्वास, संकल्प र इच्छाशक्ति राखेमात्र हामीले सोचेको समृद्धि प्राप्त हुन्छ ।” उनले प्रदेश नम्बर ३ मा लगानीमैत्री कानुन निर्माण हुने भन्दै लगानीको लागि अब लगानीकर्ताहरुलाई निर्धक्क हुन आग्रह समेत गरे ।

हाम्रो देशमा रहेको पुँजीलाई ब्यवस्थित गर्न सके देशकै लगानीबाट विकास गर्न सकिने भन्दै उनले सरकारले अब लगानीको विषय खोजी गरिरहेको र उत्पादनमुखी, परिणाममुखी लगानीको लागि सरकार प्रतिबद्ध रहेको उनको धारणा रहेको थियो ।

नेपाली उद्योगमा सरकारको कारणमात्र समस्या नभएको भन्दै मुख्यमन्त्री पौडेलले उद्योग ब्यवसायीहरुबाट पनि धेरै समस्याहरु सृजना भएको बताए । औद्योगिक क्षेत्रमा भएका हजारौ विगाहा जमिन कब्जा गरेर बेच्ने परिपाटीको अन्त्य गर्दै नयाँ लगानीकर्ताको लागि जग्गा उपलब्ध गराउन सरकार तयार रहेको समेत उनले बताए ।

 कार्यक्रममा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मरकट्टेल, प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बाँनिया, नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश नम्बर ३ अध्यक्ष दिनेश श्रेष्ठ सहित प्रदेश सांसद, मुख्यसचिव लगायतका उच्च पदस्थ अतिथिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले नेपालमा लगानीको अवस्था र वोर्डले गरेको क्रियाकलापहरुको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप