राष्ट्रिय वाणिज्य बैंक र एनआइडीसी एक हुँदै, एकीकृत करोबार बैशाख १९ देखि
आइतबार, ०९ वैशाख २०७५, १५ : ३५
काठमाडौं–राष्ट्रिय वाणिज्य बैंक र एनआइडिसी डेभलपमेन्ट बैंक एक्वायर पछिको पहिलो एकिकृत कारोबार बैशाख १९ गतेदेखि हुने भएको छ ।
राष्ट्रिय वाणिज्य बैंकले एनआइडिसी गाभ्न÷गाभिन नेपाल राष्ट्र बैंकबाट चैत २२ गते अन्तिम स्वीकृत पाएको थियो । राष्ट्रिय वाणिज्य बैंकले एनआइडीसीलाई एक्वायर गरेर राष्ट्रिय वाणिज्य बैंकको नामबाट एकिकृत कारोबार गर्न लागेको हो ।
अब एनआइडिसीको सम्पूर्ण सम्पत्ति र दायित्व राष्ट्रिय वाणिज्य बैंकले सकार्नेछ । एनआइडिसीले गत माघ १९ गते र राष्ट्रिय वाणिज्य बैंकको माघ २० को साधारणसभाले १ः१ अनुपातमा स्वाप रेसियो कायम गर्ने प्रस्ताव पारित गरिसकेको छ । हाल एनआइडिसीको सेयर कारोबार बन्द छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी