८ करोड बढीको आइपीओ आउँदै
आइतबार, ०९ वैशाख २०७५, १५ : ३९
काठमाडौं–रैराङ जलबिद्युत कमपनीले आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले नियामक नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले सर्वसाधारण र कर्मचारीका लागि १५ प्रतिशत अर्थात ८ करोड ४० लाख रुपैयाँ बराबरको आइपिओ निष्काशन गर्नेछ ।
बोर्डले आज (आइतबार) निष्काशनको अनुमति दिएको हो । यसको बिक्रि प्रबन्धकको काम एनआइबिएल एस क्यापिटलले गर्नेछ ।
यसअघि कम्पनीले गत जेठमा आयोजना प्रभावित पाँचथर र ताप्लेजुङका स्थानीय बासिन्दाका लागि ५ लाख ६० हजार कित्ता आइपिओ जारी गरेर बाँडफाँड गरिसकेको छ । कम्पनीको जारी पुँजी ५६ करोड रुपैयाँ छ । यसमा संस्थापक सेयर धनीको स्वामित्व ७५ प्रतिशत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : अध्यक्ष ढकाल
-
कर्णालीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने
-
जलवायु परिवर्तनबाट हिमाल जोगाउनका लागि कतारलाई राष्ट्रपतिको आग्रह
-
चिया निर्यात रोकिएपछि उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण, व्यापार सम्झौता पुरा नगरेको आरोप
-
वीरगञ्जमा एक जनाको शव फेला
-
केपी ओलीको अभिनय : वान टेकमा ओके