शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जोर्डनमा सडक दुर्घटनाः सांसदको परिवारसहित आठ व्यक्तिको मृत्यु

आइतबार, ०९ वैशाख २०७५, १५ : ४४
आइतबार, ०९ वैशाख २०७५

एजेन्सी– जोर्डनमा शनिबार भएको एक सडक दुर्घटनमा यहाँका एक सांसद र उनका परिववारसहित आठ व्यक्तिको मृत्यु भएको छ । 

सांसद र उनका परिवारजन चढेको एक कार ट्रकसँग ठोक्किँदा सो घटना भएको सुरक्षा स्रोतले जानकारी दिएको छ । 

यस दुर्घटनामा परी सांसद अमाम्रेह उनका श्रीमती, तीन छोराछोरी र श्रीमतीको भाई मारिएका छन् ।  त्यसैगरी ट्रक चालक र उनको सहयोगीको पनि मृत्यु भएको बताइएको छ । जोर्डनको दक्षिण सहर मआनका सेनाका पूर्वकर्णेल र हालका साँसद अमाम्रेहको मृत्युको जोर्डन संसद्का सभामुखले पनि दुःख व्यक्त गरेका छन् । 


जोर्डनमा सडक सुरक्षामा कमि भएकै कारण सन् २०१६ मा सडक दुर्घटनामा परी ७५० व्यक्तिको मृत्यु भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप