शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘ह्याप्पी डेज’ले उपत्यकामा ‘रथ यात्रा’ गर्ने

आइतबार, ०९ वैशाख २०७५, १७ : २३
आइतबार, ०९ वैशाख २०७५

काठमाडौं – १४ वैशाखबाट देशभर प्रदर्शनमा आउने चलचित्र ‘ह्याप्पी डेज’ले उपत्यकामा ‘रथ यात्रा’ गर्ने भएको छ ।

निर्माण युनिटले चलचित्रको प्रचार प्रसारलाई अझ ब्यापक बनाउन कलाकार टोलीलाई रथ चढाएर ललितपुर र काठमाडौँको विभिन्न स्थानमा घुमाउने जानकारी गराएको छ । 

जस अन्तर्गत १० गते सोमबार विहान १० बजे लगनखेलबाट शुरु हुने रथ यात्रा थापाथली, त्रिपुरेश्वर, दरबारमार्ग, पुतलीसडक हुँदै भृकुटीमण्डपमा पुगेर प्रेस मिटमा परिणत हुनेछ ।

त्यसपछिको यात्रा यात्रा सिंहदरबार, माइतीघर, नयाँबानेश्वर, तिनकुने, कोटेश्वर हुँदै सातदोबाटोमा पुगेर सकिने निर्माण युनिटले जनाएको छ । 

पछिल्लो समय नेपाली चलचित्रले प्रचारमा नयाँ नयाँ तरिका अपनाउने गरेका छन् । ‘ह्याप्पी डेज’को रथ यात्रा गरेर प्रचारको नयाँ तरिका थालनी गर्न लागेको निर्देशक मिलन चाम्सले बताए । 

चलचित्र ‘ह्याप्पी डेज’ चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आईको व्यानरमा निर्माण भएको हो । दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, दीया पुन, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स र जेन बकल लगायतका कलाकारको चलचित्रमा अभिनय रहेको छ । 

२ करोड पचास लाख बजेट बताइएको चलचित्रमा बिपी खनाल, भवानी शर्मा, हिराल जोशी, मिलन चाम्स र डा. अशोक खनाल निर्माताका रुपमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप