शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा चोरी भएको महंगो मोटरसाईकल नक्कली बिलबुक सहित नेपालमा बिक्री

आइतबार, ०९ वैशाख २०७५, १८ : १०
आइतबार, ०९ वैशाख २०७५

काठमाडौं– भारतबाट चोरी गरेर ल्याएको महगो मुल्यका मोटरसाईकल नक्कली बिलवुक सहित नेपाल बजारमा विक्री हुने गरेको पाईएको छ । आईतबार महानगरीय प्रहरी परिसर काठमाडौंले भारतबाट चोरी निकासी गरी नेपाल ल्याएर नक्कली बिलवुक बनाई ‘सक्कली मोटरसाईकल हो’ भन्दै ग्राहकलाई झुक्याएर बेच्ने समुहलाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

भारतीय बजारबाट नयाँ मोटरसाईकल चोरेर नेपालमा विक्री गर्ने कार्यमा संलग्न दाङ स्थायी घर भएका सनम चौधरी, मकवानपुरका धन बहादुर योञ्जन र दोलखाका गोपाल नेपालीलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले बताएका छन् । 

‘नक्कली बिलवुक समेत बनाएर यसरी चोरीका मोटरसाईकल बिक्री गर्ने संगठित गिरोहका तीनजनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेका छौं’ एसएसपी पोखरेलले भने, ‘उनीहरुको साथबाट विभिन्न कम्पनीका १३ वटा मोटरसाईकल बरामद गरिएको छ ।’

पल्सर, केटिएम डुक, डुक गोल्डेन, सिएफ ४ सय सिसी, आरसी केटएम र एन.एसजस्ता महंगा मोटरसाईल उनिहरुले नेपाली बजारमा ३ देखी ७ लाख मुल्यमा बिक्री गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

नेपाली बजार मुल्य भन्दा ५ हजार कम मूल्यमा खरिदकर्ताको घरमै डेलिभरी गरेर चोरी धन्दा चलाउँदै आएका अभियुक्तहरुमाथि प्रहरीले सरकारी छाप दस्तखत किर्ते मुद्धामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ‘उनीहरुमाथि चोरी, किर्ते तथा राजस्व छलीको मुद्धा चलाउँछौं’ एसएसपी पोखरेलले भने, ‘गिरोहका अन्य सदस्यहरुको बारेमा पनि अनुसन्धान गरिरहेका छौं ।’ 

सरकारी छाप दस्तखत किर्ते मुद्धामा १ बर्ष कैद सजाय हुने कानुनी ब्यवस्था रहेको छ भने चोरीको मोटरसाईकल नयाँ  भनेर बिक्री गर्दै ठगी गरेको मुद्धामा उनीहरुमाथी बिगो बमोजिम जरिवाना र ५ बर्ष कैद सजाय हुने कानुनी ब्यवस्था रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप