मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

आईटीएफ एसिया यु–१२ः छनोट प्रतियोगिता सोमबारदेखि सुरु हुने

आइतबार, ०९ वैशाख २०७५, १९ : १०
आइतबार, ०९ वैशाख २०७५

काठमाडौं–सोमबारदेखि अखिल नेपाल लनटेनिस संघको आयोजनामा आईटीएफ एसिया यु–१२ टिम टेनिस च्याम्पियनसिपका लागि दक्षिण एसियाली क्षेत्रको छनोट प्रतियोगिता सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सुरु हुँदैछ ।

प्रतियोगिताको ब्वाइजमा नेपाल, भारत, श्रीलंका, भुटान र पाकिस्तान गरी ५ राष्ट्रको सहभागिता रहने लनटेनिस संघकी अध्यक्ष ज्योति राणाले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन् । गल्र्समा ब्वाइजमै सहभागी मध्ये पाकिस्तान बोहक ४ राष्ट्रको मात्र सहभागिता रहने लनटेनिस संघका सदस्य एवं प्रतियोगिता निर्देशक अजय विष्टले जानकारी दिए । ब्वाइज÷गल्र्समा प्रत्येक राष्ट्रबाट ३ खेलाडी हुनेछन् । टिममा २ सिंगल्स र १ डबल्समा प्रतिस्पर्धा हुनेछ ।

ब्वाइज र गल्र्स दुवैमा पहिले राउन्ड रोविन लिगका आधारमा खेल हुनेछ । राउन्ड रोविनमा पहिलो हुनेले चौथोसंग र दोश्रो हुनेले तेश्रोसंग सेमिफाइनल खेल्ने छन् । त्यसमा विजयी हुने टिम कजाकिस्तानमा नोभेम्बरमा हुने आईटीएफ एसिया यु–१२ टिम टेनिस च्याम्पियनसिपका लागि छनोट हुनेछन् । गत संस्करणमा नेपालको ब्वाइज टिम दोश्रो हुँदै छनोट भएको थियो ।

यो संस्करणमा ब्वाइजमा नेपालबाट आरभसम्राट हाडा, अकि जुवेन रावत र प्रणव मानन्धरले प्रतिस्पर्धा गर्नेछन् । नेपाली टोलीको गल्र्समा शुभाङ्गीलक्ष्मी शाह, अजा रेग्मी र आइशा डोल्कर गुरुङ छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप