शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्व डिआइजी निरौला पक्राउ

आइतबार, ०९ वैशाख २०७५, १९ : ३७
आइतबार, ०९ वैशाख २०७५

काठमाडौं– ३३ किलो सुन प्रकरणमा सहभागि भएको आरोपमा पूर्व डिआइजी गोविन्द निरौला पक्राउ परेका छन् । गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा बनेको छानविन समितिले थप अनुसन्धानका लागि भन्दै पूर्व डिआइजी निरौलालाई वानेश्वरबाट नियन्त्रणमा लिएको हो ।

निरौला गत माघ ९गते काठमाडौं वानेश्वरस्थित रत्नराज्य क्याम्पस नजिकैबाट हराएको ३३ किलो सुन प्रकरणमा मुछिएका थिए । उक्त प्रकरणमा निरौला लगायतको सहभागिता रहेको आशंका गर्दै सरकारले छानविन समिति बनाएको थियो ।

निरौला निवर्तमान आइजीपी प्रकाश अर्यालसँगै अवकाशप्राप्त पूर्व डिआइजी हुन् । उक्त प्रकरणमा निरौलासहित अहिलेसम्म २० जना पक्राउ परिसकेका छन् ।  

उनलाई अहिले महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरमा राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप