मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

ग्यास बुलेट त्रिशूलीमा खस्यो

आइतबार, ०९ वैशाख २०७५, १९ : ४६
आइतबार, ०९ वैशाख २०७५

रत्ननगर– नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीबाट आज एउटा ग्यास बुलेट त्रिशूली नदीमा खसेको छ । 

उक्त दुर्घटनामा परी घाइते भएका बुलेटका चालक राजु ओलीको प्रहरीले उद्धार गरेको छ । 

भारतबाट काठमाडौँ जाँदै गरेको एचआर३एचआर ९७७० नं को ग्यास बोकेको बुलेट अनियन्त्रित भई पल्टिएर त्रिशूली नदीमा खसेको प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । बुलेटको डिब्बा छुट्टिएर पानीमा डुबेकाले अहिले निकाल्ने प्रयास भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप