शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पूर्व डिआइजी निरौलाको बयान, ‘सुन तस्कर ‘गोरे’ लाई चिन्छु, ऊ मेरो साथीको छोरा हो !’

सोमबार, १० वैशाख २०७५, ०९ : २३
सोमबार, १० वैशाख २०७५

काठमाडौँ । करिब दुई साताअघि मात्र डिआईजीको बर्दी फुकालेका गोविन्द निरौलाले शायद कल्पना पनि गरेका थिएनन् उनी आफै प्रहरी हिरासतमा पुग्छु भनेर । तर, समयले उनलाई डिआईजीको बर्दी खोलेको ११ औं दिनमा हिरासतको बाटो देखाइदिएको छ । 

सोमबार बिहानसम्म महानगरीय प्रहरी वृत नयाँ बानेश्वरको हिरासतमा रहेका निरौलालाई मध्यान्ह जिल्ला अदालत बिराटनगर लगेर संगठित अपराध मुद्दामा म्याद थप गरिने बताइएको छ । 

आईतबार साँझ पक्राउ पर्नुअघि तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरण छानविन गर्नका लागी बनेको समितिले पूर्व डिआईजी निरौलासँग बयान लिएको थियो । 

गृह मन्त्रालयमा बयान लिने अधिकारीले निरौलालाई सोधेका थिए, ‘सुन तस्करका नाइके चुडामणि उप्रेति ‘गोरे’ भन्नेलाई चिन्नुहुन्छ ?’ 

उक्त प्रश्नको जवाफ दिँदै निरौलाले भने, ‘अँ.. चिन्छु, मेरो साथी नेत्र उप्रेतिको छोरा हो ‘गोरे’ । 

फागुन १८ गते धरानमा यातना दिने क्रममा सुन तस्कर ‘गोरे’ ले मोरङको उर्लाबारी–७ का सनम शाक्यको हत्या गरेपछि छानविन गर्न बनेको गृह–मन्त्रालयका सह–सचिव ईश्वर पौडेल नेतृत्वको समितिसमक्ष बयान दिनका लागी पूर्व डिआईजी निरौला आईतबार मध्यान्ह काठमाडौं आएका थिए । 

श्रीमतीसहित विराटनगरमा रहेका निरौलालाई समितिले काठमाडौँ बोलाएर दिनभर गृह मन्त्रालयमा बयान लिएको थियो । बयानका क्रममा उनले चुडामणि उप्रेती ‘गोरे’का बाबु र आफूसँगै बिएस्सी पढेको र एकदमै ‘मिल्ने साथी’ भन्ने ब्यहोराको बयान दिएको समितिका एक सदस्यले रातोपाटीलाई जानकारी दिएका छन् ।  

‘चुडामणि उप्रेतिलाई राम्रोसँग चिन्छु, उसको बुबाको मिल्ने साथीको नाताले मलाई पनि सुन तस्करीमा मुछ्न खोजेको थियो’ निरौलाको भनाई उदृत गर्दै समितीका एक सदस्यले भने, ‘तर मैले गोरेलाई तिमी यस्तो काम छाड, तिमी सुध्रिनुपर्छ भनेर सम्झाएको थिएँ ।’ 

निरौलाले ‘गोरे’ लाई चिनेको र तस्करी नगर्नका लागि समेत सम्झाएको बयान दिएपछी साँझ समितीले पक्राउ पुर्जी समेत थमाएर निरौलालाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वरको हिरासतमा पठाएको थियो । 

उनीमाथि संगठित रुपमा सुन तस्करी गराएको आरोप लागेको छ । संगठित अपराध मुद्दामा सोमबार अदालतबाट म्याद थिएर निरौलामाथि थप अनुसन्धान गरिने बताइएको छ ।

गोविन्द निरौलाले त्रिभुवन विमानस्थल सुरक्षा गार्डको प्रमुख भएर बस्दादेखि नै संगठीत रुपमा सुन तस्करी शुरु गरेको छानविन समितिले ठहर गरेको छ । 

गत बर्षको माघमा त्रिभुवन बिमानस्थलबाट बाहिरिएको ३३ किलो सुन केन्द्रिय अनुसन्धान ब्युरोले पिंगलास्थानबाट बरामद गर्दा निरौला विमानस्थलमा थिए । 

पछिल्लो समय दुबईबाट आएको र पछि काठमाडौँको रत्नराज्य स्कुल नजिकैबाट हराएको भनिएको ३३ किलो सुनको तस्करीमा पनि निरौलाको संलग्नता भएको खुल्न आएको छ । 

धरानमा सनम शाक्यलाई यातना दिने क्रममा खिचिएको भिडियोमा मृतक शाक्यले ‘डिआईजी गोविन्द मामा’ भन्दै निरौलाको नाम लिएसँगै उनीमाथि समितिले सुक्ष्म रुपमा अनुसन्धान शुरु गरेको थियो । 
३३ केजी सुन र सनम शाक्य हत्या प्रकरणमा निरौलासहित पक्राउ पर्नेको संख्या २० जना पुगिसकेको छ । घट्नामा संलग्न भनिएका थाई एयरवेजका बरिष्ठ टेक्निसियन सानु बनले माघ २२ गते त्रिभुवन

विमानस्थलमै आत्महत्या गरेका थिए भने प्रेमलाल चौधरीको महानगरीय प्रहरी वृत सिंहदरबारको हिरासतमा रहस्यमय मृत्यु भएको छ । 

तस्करीको सुन हराएपछि यातना दिएर मारिएका सनम शाक्यको शव व्यवस्थापन गर्नका लागि भन्दै ‘शंकास्पद आर्थिक बार्गेनिङ’ गरेको पुष्टि भएसँगै प्रहरी प्रधान कार्यालयले एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई अपराध महाशाखाको जिम्मेवारीबाट हटाइसकेको छ । 

यो पनि पढ्नुहोस् 

पूर्व डिआइजी निरौला पक्राउ

रत्नराज्य स्कूल अगाडिबाट हराएको थियो ३३ केजी सुनको पोको, पूर्व डिआईजी पनि अनुसन्धान घेरामा

३३ किलो सुन प्रकरणमा दोस्रो मृत्यु : प्रहरी हिरासतमै प्रेमलालको रहस्यमय मृत्यु !

३ किलो सुन प्रकरण : आरके ज्वेलर्सका सञ्चालक पक्राउ, पक्राउ पर्नेका संख्या २१

‘सुन तस्कर’ गोरेको अड्डामा प्रहरी छापा, सुन बोक्ने वेस्टकोट र पैसा गन्ने मेशिन फेला !

३३ किलो सुन प्रकरण : अपराध महाशाखाका एसएसपीसहित दुई अधिकृत तानिए हेडक्वार्टर  (पत्रसहित)

सनम हत्या प्रकरण : गृह मन्त्रालयमा शंकास्पद भूमिका देखिएका प्रहरी अधिकारीको बयान शुरु

सुन तस्करी : रहस्यमय बन्दै सनमको हत्या, सईदेखि एसएसपीसम्म छानविनको घेरामा !

सुन तस्करीको लेनदेन नमिल्दा सनमको अपहरण, स्कोरपियोभित्र शव भेटियो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप