शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एफए कप : जिरुको उत्कृष्ट गोलले युनाइडेटसँग चेल्सीको फाइनल भिडन्त पक्का

सोमबार, १० वैशाख २०७५, ०९ : ४२
सोमबार, १० वैशाख २०७५

लण्डन । ओलिभर जिरुले उत्कृष्ट गोल गरेपछि चेल्सीले सेमिफाइनलमा साउथह्याम्पटनलाई पराजित गर्दै एफएक कपको फाइनलमा आफ्नो स्थान पक्का गरेको छ ।

अब फाइनलमा चेल्सीले युनाइटेडको सामना गर्नेछ । युनाइटेडले टोटनहम हटस्पर्सलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

जिरुले खेलको दोस्रो हाफमा एडिन हर्जाडको पासलाई दुई वटा साउथह्याम्पटनका खेलाडीहरुलाई छलाउँदै गोल गरेका थिए ।

खेलमा १० मिनेट बाँकी छँदा जिरुको स्थानमा मैदानमा छिरेका अल्भारो मोराटाले सिजार एज्पीलिकुएटाको क्रसमा गोल गर्दै चेल्सीको जीत सुनिश्चित गरे ।

साउथह्याम्पटनका लागि नाथान रेडमण्ड र चार्ली अस्टिनले गरेको प्रयास खेर गएको थियो ।

अब आगामी मे १९ मा दुई टोली वेम्बलीमा भेट्नेछन् ।

सन् २००७ को फाइनलमा जोसे मोरिन्होले चेल्सीलाई युनाइडेडविरुद्ध १–० को जित दिलाएका थिए ।

गत सिजन चेल्सी फाइनलमा आर्सनलसँग पराजित भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप