बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आगलागीको जोखिम कम गर्न अग्नि रेखा निर्माण

सोमबार, १० वैशाख २०७५, १० : ०३
सोमबार, १० वैशाख २०७५

बाँके -गर्मीयाम शुरु भएसँगै आगलागीको जोखिम कम गर्न बाँके राष्ट्रिय निकुञ्जले १४० किलोमिटर क्षेत्रमा अग्नि रेखा निर्माण गरेको छ । 

निकुञ्ज क्षेत्रअन्तर्गत पर्ने महादेवा, कोहलपुर, चिसापानी, मुगुवा र खैरी खोलालगायतको क्षेत्रमा अग्निरेखा निर्माण गरिएको बाँके निकुञ्जले जनाएको छ । 

दाङको अमिलिया क्षेत्रको चुरे जंगलमा आगो फैलिएकाले बाँके निकुञ्जमा पनि आगलागी फैलिन सक्ने जोखिम बढेको छ । चुरे क्षेत्रमा बाक्लो मात्रामा बाबियो खर भएकाले आगो छिटो फैलिन सक्ने खतरा बढेको छ । 

निकुञ्जमा आगलागी हुन नदिन स्थानीयवासी, सुरक्षाकर्मी, वन कर्मचारी सबै एक भएर तयारी गरिएको निकुञ्जका सहायक संरक्षक अधिकृत लालबहादुर भण्डारीले बताउनुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप