बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यसकारण हुन्छ जलबिन्दु

सोमबार, १० वैशाख २०७५, १० : २८
सोमबार, १० वैशाख २०७५

जलबिन्दुले आँखामा समस्या पार्छ । जलबिन्दु विशेषगरी ४० वर्षभन्दा बढी उमेरका मानिसमा देखिने गर्छ । जलबिन्दुको समयमै उपचार नगराएको अवस्थामा दृष्टिविहीनकै समस्या हुन सक्छ । मधुमेह वा उच्च रक्तचापका बिरामी पनि यसको जोखिममा हुन्छन् । कतिपयलाई वंशानुगत कारणले पनि जलबिन्दुको समस्या हुने गर्छ ।

कहिलेकाहीँ आँखामा भएको जलबिन्दुबारे जानकारी नै नहुन सक्छ । यस्तो जलबिन्दु एक्कासि आँखा बन्द भएपछि मात्र थाहा पाउन सकिन्छ । त्यसैले समय–समयमा आँखाको परीक्षण गर्नुपर्छ । आँखामा देखिने स–साना समस्याको पनि वेलैमा उपचार गर्नुपर्छ । किनभने, आँखा निकै संवेदनशील अंग हो । 

जलबिन्दु हुँदा आँखाको भित्री भागको आकार बढ्दै जान्छ । र, आँखाको नानीमा सफा पानीजस्तो तरल पदार्थ देखा पर्न थाल्छ ।

कहिलेकाहीँ आँखाको भित्री भागमा रहेको तरल पदार्थ बढी मात्रामा उत्पादन पनि हुन सक्छ । यस्तो अवस्थामा आँखामा प्रेसर बढ्छ । यसले बिस्तारै दृष्टिक्षमतालाई क्षति पु¥याउँदै लैजान्छ । आँखाको बढ्दो चापले दृष्टिसम्बन्धी स्नायु निर्माण गर्ने रेसाहरूलाई बिस्तारै बिगार्दै लैजाने गर्छ । जथाभावी रूपमा औषधिको प्रयोग गर्दा पनि आँखामा जलबिन्दुको समस्या हुन सक्छ ।

कसरी बच्ने ?

जलबिन्दु भएको सुरुवाती समयमै यसको निदान गर्न सकेमा केही घटाउन र दीर्घकालीन रूपमा नियन्त्रणमा राख्न सकिन्छ । यद्यपि, पछि थाहा भएमा चाहिँ आँखाको शल्यक्रिया गरेर यसलाई निर्मूल पार्नुपर्ने हुन्छ ।

नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप