बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

युएईका राजदूतले १०२ दिनमा के–के गरे ?

सोमबार, १० वैशाख २०७५, ११ : १५
सोमबार, १० वैशाख २०७५

बिनोद श्रेष्ठ, युएई–युएईका लागि नेपाली कार्यबाहक राजदूत सागरप्रसाद फुयाँलले आफ्नो १ सय दुई दिनको कार्य बिबरण सार्बजनिक गरेका छन् ।

नेपाल पत्रकार महासंघ युएई शाखाको समन्वयमा गत शुक्रबार दुताबास आयोजित कार्यकक्रम राजदूत फुयाँलले आफ्नो कार्य बिबरण सार्बजनिक गरेका हुन् ।

राजदूत फुयाँलले बिबरण प्रस्तुत गर्दै बैदेशिक रोजगारीमा आएर समस्यामा परेका नेपालीहरूप्रति राजदूताबास निकै संबेदनशील रहेको बताए । उनले लामो समयदेखि समाधान हुन नसकेका समस्याहरूलाई दुताबासले कुटनीतिक प्रकृयामार्फत समस्या समाधान भएको बताए ।

दुताबासले युएईका ८ वटा जेल भ्रमण गर्दा १ सय ८५ जना नेपाली बन्दी रहेको पाएको  थियो । जसको मुद्दा लगायत अन्य बिषयमा प्रतिवेदन तयार पारेर परराष्ट्र मन्त्रालयमा पठाएको छ । 

जेल अवलोकनपछि नेपाली कामदार रहेका कम्पनीमा दुतावासले सचेतना अभियान चलाउने भएको छ ।

त्यस्तै सडक दुर्घटनमा परि लामो समयदेखि अपाङता भएका झापाका लोकेश खडिवडालाई नेपाल फर्काउने, भिजिट भिषामा युएई आएका बाग्लुङ्कका सबिन कुवँर सडक दुर्घटनामा परि कोमामा उपचार गराएपनि उपचार खर्च तिर्न नसकेर समस्यामा परेका उनको समस्या समाधान गरेको छ ।

युएईमा भिजिट भिषामा ल्याएर अलपत्र पार्ने ब्याक्ति र दलालहरूलाई कारबाही गर्ने, मागपत्र वा सम्झौता अनुसारको सेवा सुबिधा नदिने म्यानपावर, कम्पनीहरूको मागपत्र वा श्रम रोक्का गर्ने प्रकृया अघि बढेको राजदूत फुँयालले बताए । केही समय अघिमात्रै दिपज्योती ओभरसिस मार्फत युएई आएका चार युवालाई उद्दार गरेर नेपाल फर्काउनुका साथै उनीहरुलाई अलपत्र पार्ने म्यानपावरलाई कारवाहीको सिफारिस दुतावासले गरेको छ । 

कार्यक्रममा सचेतनाको लागि हाते पुस्तक बितरण गरिएको थियो । ३६ पृष्ठ लामो हाते पुस्तिकामा युएईमा बसेर गर्न हुने, नहुने कामको बिबरण, श्रमिकको स्वास्थ्य सुरक्षा, दुताबासको जानकारी, लगाएत युएई निश्चित कानुन सम्बन्धी महत्वपुर्ण जानकारी समेटिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप