शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कुमारी बैंकको  हकप्रद बैशाख २८ गतेदेखि बिक्रि खुला

सोमबार, १० वैशाख २०७५, ११ : २१
सोमबार, १० वैशाख २०७५

काठमाडाैं-कुमारी बैंकले बैंशाख २८ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले चुक्ता पुँजीको २० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । बैंकले १ करोड १९ लाख कित्ता सेयर प्रतिसेयर १०० रुपैयाँका दरले निष्काशन गर्न लागेको हो । यसका लागि जेठ ३१ गतेसम्म आवेदन दिन सकिनेछ । 

यस हकप्रदका लागि बिक्रि प्रबन्धक एनआइबिएल एस क्यापिटल र यसका शाखा कार्यालय, कुमारी बैंकका शाखा कार्यालय र आस्वा सेवामा आवद्ध बैंक तथा वित्तिय संस्थाबाट भर्न र बुझाउन पाइने बिक्रि प्रवन्धकले जनाएको छ । 

हाल बैंकको चुक्तापुँजी ५ अर्ब ९६ करोड रुपैयाँ छ । हकप्रद निष्काशन पछि ७ अर्ब १६ करोड रुपैयाँ पुग्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप