शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एउटा सानो देश जसले संसारलाई आकार दियो

सोमबार, १० वैशाख २०७५, १२ : १२
सोमबार, १० वैशाख २०७५

बीबीसी

संसारमा भएका विभिन्न देशमध्ये एउटा यस्तो देश छ जसले हामी सबैको जीवनमा कुनै न कुनै प्रकारको सम्बन्ध राखेकै छ ।

७८ हजार सात सय ८२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो देशले मानिसका लागि अत्यावश्यक वस्तुको आविष्कार गरेको छ ।

‘जिनियश’ को देशसमेत भनिने यो देशको नाम हो स्कटल्याण्ड । यो इंगल्याण्डको छिमेकी र यूनाइटेड किंगडमको हिस्सा हो ।

यो सानो देशले हाम्रो जीवनमा कस्ता असर पुर्याएको छन् त्यसबारे जानकारी लिऔं ।

यदि तपाईंले क्यालेन्डर वा इन्साइक्लोपेडिया प्रयोग गर्नुभएको छ भने तपाईंले स्कटल्याण्डका नागरिकका दिमागको फाइदा उठाउनु भएको छ । यदि तपाईंले ट्वाइलेटको फ्लश चलाउनु भएको छ, फ्रिज प्रयोग गर्नुभएको छ, साइकल चलाउनु भएको छ भने यसका लागि तपाईंले स्कटल्याण्डबासीलाई धन्यवाद भन्नुपर्छ ।

स्कटल्याण्डको देनः

यदि तपाईंको शल्यक्रिया भएको छ वा शल्यक्रियाका बेला तपाईंलाई अलिकती पनि पीडा महसुस भएन भने यसको श्रेय तपाईंले स्कटल्याण्डलाई नै दिनुपर्छ ।

बाफको शक्ति पहिचान गरेर इन्जिन बनाउने जेम्स वाट पनि यही देशका थिए । र अर्थशास्त्रलाई भिन्न विषयको रुपमा स्थापित गर्ने एडम स्मिथ पनि स्कटिस थिए ।

यहाँ भन्न खोजिएको के हो भने विवेक र सिर्जनशीलताको मैदानमा स्कटल्याण्डले यति बाजी मारेको छ कि त्यसलाई औंलामा गन्न मुश्किल छ ।

यदि कहिले स्कटल्याण्ड जानुभयो भने त्यहाँको माहौल, त्यहाँको चाल चलन, रहन सहनले तपाईंलाई यो देश निकै विशेष भएको महसुस गराउँछ ।

राजधानी एडिनबर्गमा प्रवेश गर्ने बित्तिकै चर्चित एडिनबरा क्यासल धर्तीको छाती चिरेर प्रकट भएको भवनझैं प्रतित हुन्छ । शहरको शान्त माहौलले मनलाई नै आनन्दित तुल्याउँछ ।

यहाँका गल्ली, लोप भइसकेको ज्वालामुखी आर्थर, खचाखच भरिएको शहरको किताब पसलले हरेक कदममा यो देश विशेष भएको महसुस गराउँछ ।

ह्यारी पोर्टर सिरिजको किताबकी लेखिका जे के रोलिङले यसै देशमा सफलता पाइन् । जब उनी सन् १९९३ मा स्कटल्याण्डको राजधानी एडिनबर्ग पुगिन् तब उनी दुई सन्तानकी आमा थिइन् । तर उनी एक्लैले बच्चाको हेरबिचार गर्नुपर्दथ्यो ।

एडिनबर्गको रेष्टुरेन्ट एलिफेन्ट हाउस र निकोलसन क्याफेमा बसेर उनले ह्यारी पोर्टर र उनको भूमिकालाई कोरिन् । एलिफेन्ट हाउस बाहिर त एउटा ठूलो बोर्ड नै राखिएको छ – ह्यारी पोर्टरको जन्मस्थान ।

ह्यारी पोर्टर सिरिजको किताब पढ्दै यदि तपाईं एडिनबर्ग र त्यस वरिपरिको माहोलमा निगरानी राख्नुहुन्छ भने धेरैकुरा मिल्दोजुल्दो पाउनुहुनेछ ।

जिनियसको देशः

स्कटल्याण्ड नेपालभन्दा सानो देश हो । तर जिनियस व्यक्तिको सूचीमा सायद सबैभन्दा अगाडि यही देशको नाम शीर्ष स्थानमा छ । यहाँ इयान रेन्किनजस्ता रहस्यमयी लेखकको जन्म भयो भने एलेक्जेन्डर म्याक्काल स्मिथजस्ता नम्बर वान लेडिज डिटेक्टिव एजेन्सी सिरिज लेख्नेको पनि यहि भूमी जन्मस्थान बन्यो ।

स्कटल्याण्डमा सिलिकन ग्लेन नामको स्थान पनि छ जहाँ अहिलेको समयमा हाई टेक अनुसन्धान भइरहेको छ  ।

आखिर स्कटिश जनता यति धेरै रचनात्मक हुनुको कारण के हो ?

नाटककार डोनाल्ड क्याम्पबेल भन्छन्, ‘स्कटल्याण्डले सधैं संसारलाई अचम्मित बनाउँदै आएको छ ।’ एडिनबर्गका चर्चित लेखक रोबर्ट लुई स्टिवेन्सनले आफ्नो किताब भ्मष्लदगचनस्एष्अतगचभकत्रगभ ल्यतभक मा यसबारे लेखेका छन् ।

सनकी हुन्छन् यहाँका मानिसः

यहाँका मानिसहरु पनि अचम्मका छन् । भयंकर जाडो हुँदा पनि यहाँका मानिस टिसर्ट र हाफ कट्टु लगाएर दौडिरहेको देख्न सकिन्छ ।

यो देशमा गज्जबको विरोधाभास छ । एकतर्फ एडम स्मिथ छन् जसले अर्थशास्त्रको खोजी गरेका छन् । त्यस्तै, अर्कातिर थोमस कार्लाइल पनि छन् जसले यसलाई वाहियात विज्ञानको संज्ञा दिँदै खिल्ली उडाए । स्थानीय शिक्षक म्यूरियल किर्टोनका अनसार स्कटिशहरु थोरै सनकी हुन्छन् ।

सनकमा नै निर्णय लिन्छन् । किर्टोन भन्छिन्, ‘म धेरैजसो निकै सोचेर बुझेर मात्र निर्णय लिन्छु तर एकपटक मैले सनकमै दक्षिण अमेरिका घुम्न जाने निर्णय गरेकी थिएँ ।’

स्कटल्याण्ड यूनाइटेड किंगडमको एक सीमामा बसेको छ । यहाँ खोज र अनुसन्धानलाई निकै महत्व दिइन्छ ।  यसको उदाहरण एडिनबर्गको विज्ञान मेला हो । यहाँ तपाईंले निकै अचम्मका कुराहरु देख्न पाउनुहुन्छ ।

यसै हरेक अगस्ट महिनामा एडिनबरा फ्रिन्ज फेस्टिबल हुन्छ । यो कला क्षेत्रको सबैभन्दा ठूलो मेला हो ।

केही नयाँ सोचिरहन्छन्ः

अन्य देशबाट आएर स्कटल्याण्डमा बसिरहेका रोबर्ट बियरका अनुसार यहाँ चिसो मौसमलाई रचनात्मकताका हिसाबले सबैभन्दा राम्रो मानिन्छ । यहाँ अत्यधिक चिसो हुन्छ जसकारण मानिसहरु घरबाट बाहिर निस्कन पाउँदैनन् । घर बस्दा के गर्ने त भन्दै यहाँका मानिसहरु केही नयाँ गर्ने सोच राख्छन्, केही नयाँ आविष्कारका लागि तल्लिन हुन्छन् ।

तर अत्यधिक चिसो मौसममा पनि यहाँका मानिस खोलाको किनारामा निकै कम कपडा लगाएर घुमिरहेको देख्न सकिन्छ  ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप