शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हप्तामा मात्र एकपटक खानुहोस् कटहरको तरकारी, पाइनेछन् यस्ता फाइदा

सोमबार, १० वैशाख २०७५, १२ : ४९
सोमबार, १० वैशाख २०७५

कटहरलाई धेरैजसो मानिसले तरकारीको रुपमा प्रयोग गर्छन् तर धेरैलाई यसको फाइदाबारे भने थाहा छैन । फूड एण्ड न्यूट्रिशन एक्सपर्ट डा. अमिता सिंहका अनुसार यसमा पाइने तत्वले शरिरलाई विभिन्न रोगबाट बचाउँछ । यसमा फाइबर र म्याग्नेसियमको पर्याप्त मात्रा हुन्छ जसले शरिरलाई विभिन्न समस्याबाट जोगाउँछ । यदि हामीले हप्तामा एकपटक यसलाई आफ्नो खानामा समावेश गरे यसले बिरामी हुने सम्भावनालाई निकै कम गर्छ । आउनुहोस्, कटहरका फाइदाबारे जानकारी लिऔंः

१. हड्डी बलियो बनाउँछः

कटहरमा म्याग्नेसियमको पर्याप्त मात्रा पाइन्छ । यसलाई खानामा समावेश गर्दा हड्डी बलियो बनाउँछ ।

२. स्वस्थ मुटुः

कटहरले शरिरमा कोलेस्ट्रोललाई नियन्त्रण गर्छ  जसका कारण मुटुलाई स्वस्थ राख्न सहयोग गर्दछ ।

३. आँखाका लागि फाइदाजनकः

कटहरमा पर्याप्त मात्रामा भिटामिन ‘ए’ पाइन्छ । यसले आँखाको ज्योती बढाउन सहयोग पुर्याउँछ ।

४. रक्तअल्पत्ता हुनबाट जोगाउँछः

कटहर आइरनको निकै राम्रो स्रोत हो । यो खाँदा रगतको कमी हुने समस्या टाढा रहन्छ ।

५. पाचन क्रिया सुधार ल्याउँछः

कटहरको तरकारीमा पर्याप्त मात्रामा फाइबर पाइन्छ । यो खाँदा पाचन क्रियामा सुधार आउँछ ।

६. रोग प्रतिरोधी क्षमतामा वृद्धिः

कटहर भिटामिन सी र एन्टीअक्सिडेन्टको राम्रो स्रोत हो जसले तपाईंको शरिरको प्रतिरोधी क्षमतामा वृद्धि गर्दछ । बलियो प्रतिरोधी क्षमताले रुघा, खोकी, फ्लूलगायतका रोग लाग्न दिँदैन ।

७. ऊर्जावान्ः

कटहरमा कार्बोहाइड्रेट र क्यालोरीले भरिपूर्ण हुन्छ । यो फ्रुक्टोस र सुक्रोज नामका सिम्पल सुगरको राम्रो स्रोत भएकाले यसले तत्काल ऊर्जा प्रदान गर्न सहयोग गर्छ । यसमा कोलेस्ट्रोलको मात्रा शून्य हुने भएकाले निकै स्वस्थ र सुरक्षित राख्न सहयोग पुर्याउँछ ।

८. रक्तचाप नियन्त्रणमा राख्छः

कटहरमा पोटासियम हुन्छ जसले शरिरको सोडियमको स्तरलाई नियन्त्रण गर्दछ । जसका कारण यसको सेवनले उच्च रक्तचापलाई घटाउँछ भने हृदयघातबाट जोगाउँछ ।

यसका साथै, यसले मधुमेह, थाइराइड र रतन्धो हुनबाट पनि जोगाउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप