बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चार जनाको हत्या गर्ने नग्न बन्दुकधारी : ट्रम्पलाई भेट्न ह्वाइट हाउसको सुरक्षा घेरा तोडेका थिए

सोमबार, १० वैशाख २०७५, १३ : ०५
सोमबार, १० वैशाख २०७५

न्युयोर्क–एक नग्न पुरुषले अमेरिकाको टेनिसीस्थित एक रेष्टुरेन्टमा बन्दुक चलाउदा चार जना मानिसहरुको ज्यान गएको छ ।

उनले रेष्टुरेन्टमा पसेर त्यहाँ रहेका मानिसहरुतर्फ अर्धस्वचालित राइफल चलाएका थिए ।

थप दुई व्यक्तिहरु घाइते भएका छन् जसमध्ये एक जनाले बन्दुकधारीलाई झम्टेर बन्दुक खोसेका थिए । जेम्स  जुनियर नामक उक्त व्यक्तिको यो साहसी कार्यले बन्दुकधारीले थप मानिसको ज्यान लिन पाएन ।

आइतबार भएको पत्रकार सम्मेलनमा बोल्दै जेम्सले बन्दुक चल्न थालेपछि आफू बच्नको लागि छेउको ट्वाइलेटमा पसेको तर बन्दुकधारीले ट्वाइटतर्फ पनि गोली बर्साउन थालेपछि आफ्नो पाखुरामा गोली लागेको बताए ।

“त्यो समय मैले (बन्दुक खोस्ने) सोच बनाएँ किनकी ट्वाइलेटमा लक थिएन र उनी मतर्फ आइरहेका थिए । केही बेर गोली चल्न रोकिएको थियो । मैले उनलाई ढोकाले हाने, बन्दुक जाम भएको जस्तो थियो । त्यसलाई मैले उबाट खोसे र काउन्टरमाथि फालेँ” उनले भने ।

त्यसपछि उनले बन्दुकधारीलाई त्यहाँबाट भगाएका थिए । पत्रकार सम्मेलनका क्रममा आफूले कुनै नायकी काम नगरेको बताए । उनले यसो भने पनि अस्पतालमा उपचार गराइरहेका जेम्स भेटेर एक महिलाले आफ्नो ज्यान बचाएकोमा धन्यवाद दिएकी थिइन् ।

उक्त रेष्टुरेन्टका कार्यकारी अधिकृतले भनि जेम्सलाई पत्रकार सम्मेलन पछि अङ्लाल्दै “जीवनमा धेरै हिरोहरुलाई भेट्ने अबसर पाइँदैन तर तपाई मेरो लागि हिरो हो” भनेका थिए ।
बन्दुकधारी इलियोनसका २९ वर्षे ट्राभिस रेईकिङ्ग भएको प्रहरीले पत्ता लगाएको छ ।

यो उनको पहिलो कानुन उलङ्घनको घटना नभएको प्रहरीले बताएको छ ।
अघिल्लो वर्ष जुलाईमा ट्राभिस रेइकिङ्गले ह्वाइट हाउसको सुरक्षा घेरा तोडेका थिए । प्रहरी रिपोर्ट अनुसार पछि ह्वाइट हाउसका गुप्तचरहरुले पक्रेपछि उनीहरुसँग रेइकिङ्गले एक विशेष आग्रह गरे, उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न चाहन्छन् ।

रेइकिङ्गले ह्वाइट हाउसको गुप्तचर सेवाका अधिकारीहरुलाई आफू एक ‘सार्वभौम नागरिक’ भएकाले ‘त्यो भूभाग निगरानी गर्न पाउने अधिकार भएको’ बताएका थिए । यो घटना महानगरिय पुलिस डिपार्टमेन्टमा २०१७ जुलाई ७ को मितीमा दर्ता छ ।

रेइकिङ्गले त्यो समय उल्लेख गरेको ‘सार्वभौम नागरिक(सोभार्राइन सिटिजन)’ भनेर सरकारविरोधी एक उग्र दक्षिणपन्थी अभियानको नाम पो उल्लेख गरेका थिए कि थप जाँच भएको छैन । आइतबारको टेनिसीमा भएको गोलिबारी पछि यी २९ वर्षिया पुरुषको यो पुरानो घटना अहिले पुन अनुसन्धानमा तानिएको छ । 

अमेरिकाको राजधानीमा भएको घटना पनि रेइकिङ्गको कानुन भङ्गको पहिलो घटना थिएन । इलिनोस राज्यको टेजवेल काउन्टीको प्रहरी अधिकारीहरुबाट प्राप्त रिपोर्टहरुमा उनी बन्दुकसँग सम्बन्धित अरु पनि घटनामा मुछिएका थिए । प्रहरीले उनले ‘भ्रमपूर्ण’मानसिकतामा ति कार्य गरेको भनेको छ ।

“ट्राभिसले प्रहरीहरुलाई राम्रो मान्दैन थिए र उनी प्रहरी प्रशासनलाई टेर्दा पनि टेर्दैनन् थिए । ट्राभिसले आफूसँग थुप्रै हातहतियार राखेका थिए ।” २०१६ मेको एक घटनाको रिपोर्टमा एक प्रहरीको यस्तो भनाई उल्लेख छ ।

त्यो समयमा रेइकिङ्गका अभिभावकले आकस्मिक सेवामा फोन गरेर आफ्नो छोराले पप गायिक टेलर स्वीफ्टले आफूलाई पछ्याइरहेको विश्वास गर्ने र आत्महत्या गर्ने कुरा गर्ने गरेको भनेर रिपोर्ट दिएका थिए ।

रेइकिङ्गलाई जाँचेका चिकित्सकले उनी भ्रमपूर्ण मानसिकताबाट गुज्रिरहेको बताएका थिए । जाँचमा रेइकिङ्गले टेलर स्वीफ्टले उनलाई पछ्याइरहेको र उनको फोन पनि ह्याक गरेको विश्वास गरेको देखिएको थियो । 

उनले आफ्नो परिवार र प्रहरी पनि यसमा मिलेको विश्वास गरिएको भेटिएको थियो । २०१६ मेमा रेइकिङ्गले अधिकारीहरुलाई आफूमाथिको टेलर स्वीफ्टको शोषण केही हप्तादेखि चलिरहेको र एक पटक स्वीफ्टले आफूलाई भेट्न बोलाएर पनि बेपत्ता भएको बताएका थिए ।

२०१७ को बसन्तमा रेइकिङ्ग न्यासभिलमा सरेका थिए । न्यासभिलका प्रहरीका अनुसार त्यहाँ उनी निर्माण क्षेत्रमा काम गर्न थाले । अप्रिलको शुरु तिर उनी एक कामबाट निकालिएको र १६ अप्रिलमा अर्को निर्माण कम्पनीमा लागेको देखिन्छ । तर त्यहाँ पनि उनी दोश्रो दिननै काममा जान छाडे ।

ह्वाइट हाउसको घटना हुदाँको समय उनी इलियानोसको टरमन्टमा रहेको आफ्नो बुवाको क्रेन भाडामा दिने व्यवसाय गरिरहेको भवनको माथिल्लो एपार्टमोन्टमा बस्दथे । ह्वाइट हाउस घटना पछि एफबीआई र स्थानीय प्रहरीले समन्वय गरेर उनको साथमा रहेको हातहतियार जफत गरिएको थियो ।

अगस्ट २४ मा टेजवेल काउन्टी प्रहरी कार्यलयले रेइकिङ्गको एपार्टमेन्टमा रहेको चार हातहतियार खोसेको थियो । त्यो समयमा उनको साथबाट हातहतियार स्वामित्व परिचयपत्र पनि खोसिएको सो घटनाबारे प्रहरी रिपोर्टमा उल्लेख छ । त्यसको दुई हप्ताभित्रै टेजवेल काउन्टीका अधिकारीसमक्ष गएर रेइकिङ्गले मानिसहरुले उनको कम्प्युटर र फोन ह्याक गरेर निगरानी गरिरहेको बताएका थिए । उनले प्रहरीकहाँ मानिसहरुले आफूलाई अबलोकन गरिरहेको र कानुन विरोधी काम गर्न षडयन्त्र गरिरहेको बताएका थिए । प्रहरी रिपोर्ट अनुसार उनले त्यो समयमा यो सबै टेलर स्वीफ्टलाई पत्र लेख्न थालेपछि शुरु भएको बताएका थिए ।

केही पछि प्रहरीले रेइकिङ्गबाट जफत गरेको हातहतियार रेइकिङ्गका पितालाई फिर्ता गरेको थियो । अनुसन्धानदाताका अनुसार उनले ती बन्दुकहरु आफ्नो छोरालाई फिर्ता गरिदिएको हुनुपर्छ । फिर्ता गरिएको चार बन्दुकहरुमा एउटा एआर–१५ आइतबार भएको गोली काण्डको घटनास्थामा भेटिएको छ ।

एक अर्को हतियार रेइकिङ्गको एपार्टमेन्टमा भेटिएको थियो । अझै हराइरहेका दुई बन्दुक लिएर रेइकिङ्ग घुमिरहेकाले प्रहरीले घटनास्थल वरपरका सर्बसाधरणहरुलाई घरमा ताला लगाएर भित्रै बस्न र चनाखो रहन भनेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप