शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हिमालयन बैंकको यस्तो अटेरीले १७ हजार लगानीकर्ता प्रभावित

सोमबार, १० वैशाख २०७५, १४ : २०
सोमबार, १० वैशाख २०७५

काठमाडौं–हिमालयन बैंकको साधारणसभाले पारित गरेको २५ प्रतिशत बोनस सेयर चुक्ता पुँजीमा सूचीकरण हुन नसक्दा लगानीकर्ता प्रभावित भएका छन् ।  गत चैत २८ गते भएको साधारण सभाले २५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको थियो । 

बोनस सेयर पारित गरेर राष्ट्र बैंकले तोकेको न्युनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याएपनि  बैंकले सञ्चालक समितिको संख्या घटाउन आनाकानी गरेपछि  समस्या निम्तिएको हो । 

राष्ट्र बैंक निकट स्रोतले बैंकले तोकेको न्युनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याएपनि सञ्चालक समितिको संख्या घटाउन आनाकानी गरेकाले बोनस शेयर चुक्ता पुँजीमा सूचीकरण हुनबाट  रोकिएको जानकारी दियो । 
राष्ट्र बैंकले सञ्चालक समितिको संख्या बढी भएको भन्दै  नियमानुसार गर्न निर्देशन  दिएको बताइन्छ । तर, सो  निर्देशनलाई बैंकले अटेर गरेपछि साधारण सभाबाट पारित भएको बोनस सेयरलाई चुक्ता पुँजीमा सुचिकरण गर्नबाट राष्ट्र बैंकले रोकेको हो । 

बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन अनुसार सञ्चालक समिति बढीमा सात जना हुनुपर्ने व्यवस्था छ । 

हिमालयन बैंकमा हबिब बैंक पाकिस्तानको (२० प्रतिशत), कर्मचारी सञ्चयकोष (१४ प्रतिशत), मनोज बहादुर श्रेष्ठको एन ट्रेडिङ कम्पनी (१२.७१ प्रतिशत), उनकै समुहको छायाँ इन्टरनेशनल(८.८९) राणा समुहको आभा इन्टरनेशनल (११.३८ प्रतिशत) र खेतान समुहको म्युचुअल ट्रेडिङ (११.८५ प्रतिशत) सेयर लगानी छ । सर्वसाधारणको भने जम्मा १५ प्रतिशतमात्र सेयर छ । 

राष्ट्र बैंकले स्विकृति नदिएसम्म कम्पनी रजिष्ट्रारको कार्यालयले लिखत नराख्ने भएकाले बोनस सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीचकृत हुन सक्तैन ।  यसले गर्दा १७ हजार लगानीकर्ता समेत प्रभावित भएका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप