लिबियाको जलसेनाले ११ जनाको शव निकाल्यो, २८३ जनाको उद्धार
एजेन्सी–लिबियामा भएका डुङ्गा दुर्घटनामा परेका ११ व्यक्तिको शव निकाल्नुको साथै अन्य २८३ जनालाई त्यहाँको जलसेनाले जीवितै उद्धार गरेका छन् ।
देशको पश्चिमतिर पर्ने छट्टाछट्टै तटिय क्षेत्रहरुमा भएको दुर्घटनाबाट उनीहरुलाई उद्धार गरिएको सैन्य अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।
“उद्धारमा खटिएको हाम्रो सैन्य टोलीले ११ जनाको शव निकालेको छ भने ८३ जनालाई जीवितै उद्धार गरेको छ, सब्रथा तटदेखि आठ किलोमिटर टाढा रबरको डुङ्गा दुर्घटना भएको थियो,” जल सेनाका प्रवक्ता अयोब क्वासेमले सिन्ह्वासँग भने ।
उद्धार गरिएका सबैजना अफ्रिकी मुलुकका आप्रवासी रहेको जनाइएको छ । घटनास्थल राजधानी ट्रिपोलीदेखि ४५ किलोमिटर टाढा पर्दछ भने घटना स्थानीय समयानुसार दिउँसो १ बजे भएको थियो ।
प्रवक्ता क्वासेमले उद्धारकर्ताहरुले अर्को ठाउँबाट अरु २०० जना आप्रवासीहरुलाई पनि उद्धार गरेको जानकारी दिए । ती उद्धार गरिएका मानिसमध्ये ३८ जना बालबालिका रहेका छन् । यो घटनास्थल भने राजधानी ट्रिपोलीदेखि १५० किलोमिटर टाढा पर्दछ ।
दोस्रो ठाउँबाट उद्धार गरिएका आप्रवासीहरु अफ्रिकन र एसियन मूलका रहेको उनले बताए । सन् २०११ मा लिबियाका पूर्व नेता मोहम्मर गद्दाफीको पतनपछि युरोप जाने बाटोको रुपमा लिबियालाई आप्रवासीहरुले प्रयोग गर्ने गरेका छन् ।
सन् २०१८ को पहिलो चौमासिकमा मात्रै लिबियाका विभिन्न तटिय क्षेत्रबाट चार हजार भन्दा बढी आप्रवासीलाई उद्धार गरिएको अधिकारीहरुले जनाएका छन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै