शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बैंक तथा वित्तीय संस्थाको सञ्चालक र सिईओको योग्यता संशोधन

सोमबार, १० वैशाख २०७५, १७ : २५
सोमबार, १० वैशाख २०७५

काठमाडौं–नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सञ्चालक  र कार्यकारी अधिकृतको योग्यतामा पुर्नविचार गरेको छ । 

बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ मा सञ्चालकले स्नातकोत्तर पास गरेको हुनुपर्ने भनिएपनि अब स्नातक मात्र गरेको भएपनि मान्य हुने भएको छ । यस्तै प्रमुख कार्यकारी अधिकृत (सिइओ) को हकमा पनि स्नातक वा सो सरहको उपाधी मान्य हुने राष्ट्र बैंकले जनाएको छ । 

सोमबार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कार्यकारी प्रमुखको नियुक्तिका लागि आवाश्यक योग्यता तथा कार्यानुभाव  सम्बन्धी विनियमावली २०७४ को विनियम ३ को खण्ड ख को उपखण्ड इ लाई संसोधन गरेको जनाउँदै स्नातक वा सो सरह उपाधी हासिल गरेको हुनुपर्ने बनाएको हो । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप