शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण कोरियाले उत्तरतिर फर्काएर राखेको प्रोपागान्डा फैलाउने लाउडस्पीकरहरु बन्द गर्‍यो

सोमबार, १० वैशाख २०७५, १७ : ४०
सोमबार, १० वैशाख २०७५

सियोल । उत्तर कोरिया र दक्षिण कोरियाबीच यो हप्ता हुन लागेको शीर्ष वार्तालाई मध्यनजर गर्दै सियोलले सिमानामा राखेको आफ्ना लाउडस्पीकरहरुलाई बन्द गरेको छ ।

दुवै कोरियाली देशहरुले आ–आफ्नो सीमानामा दजनौँ लाउडस्पीकहरु लगाएका छन् जसमा दक्षिणले कोरियाली पप संङ्गित र उत्तरको आलोचना भएको समाचारहरु प्रशारण गरिन्छ ।

प्रोपागान्डा लाउडस्पीकरहरु सीमा क्षेत्रहरुमा रहेका मानिसहरुको साथ साथै त्यहाँ तैनाथ छिमेकी देशका सैनिकहरुले पनि सुन्न सक्ने हिसाबले लगाइएको छ ।

दक्षिण कोरियालले आफ्नो क्षेत्रमा रहेका लाउडस्पीकरहरु सामोबार बिहानै बन्द गरेको बताएको छ । यसले उत्तर कोरियासँग हुन लागेको वार्ताको लागि सहि माहौल बनाउन सहयोग पुग्ने उसले आशा व्यक्त गरेको छ ।

दक्षिण कोरियाका प्रवक्ता चोइ होइ–युनले भने, “यो कदमको उदेश्य दुवै कोरियालीहरुबीचमा रहेको तनाब कम गर्ने र वार्ताको लागि शान्तिपूर्ण माहोल बनाउने हो । हामीलाई आशा छ कि यो निर्णय पछि दुवै कोरियाली देश अर्को देशको आलोचना र प्रोपागान्डा फैलाउन बन्द गरुन् । ”

उत्तर कोरियाले पनि छिमेकी देशले जस्तै आफ्नो क्षेत्रबाट भइरहेको प्रचार बन्द गर्नेबारेमा भने स्पष्ट भएको छैन । 

अन–अफ भइरहन्छ लाउडस्पीकर

दक्षिण कोरियाले आफ्नो क्षेत्रबाट भइरहेको प्रोपेगान्डा रोकेको यो पहिलो पटक होइन ।

कोरियाली युद्ध पछि चलिरहेको यो प्रोपेगेण्डाको उद्देश्य अर्को कोरियाली देशको सैनिक र जनताहरुलाई तिनको देशले बेखबर राखिरहेको बताउनु हो ।

सन् २००४ मा दुई देशबीचमा सम्झौता भए पछि यस्तो प्रचारमा रोक लगाइएको थियो ।

तर सन् २०१५ मा दक्षिण कोरियाका दुई सैनिकहरु उत्तर कोरियाली बारुदी सुरुङ्गमा परेर मरे पछि दक्षिण कोरियाले पुनः लाउडस्पीकर चालू गरेको थियो । 

त्यही वर्ष एक पटक पुनः यसको प्रसारणमा रोक लगाइएको थियो तर सन् २०१६ मा उत्तर कोरियाले हाइड्रोजन बम परिक्षण गरे पछि यसलाई पुनः सुचारु गरियो ।

दक्षिण कोरियाले शीर्ष नेताहरुको भेटघाट पछि पुनः यसलाई चालू गर्छ कि गर्दैन भनेर स्पष्ट पारेको छैन ।

सुर्धदो सम्बन्ध

हालै उत्तर कोरियाले आफ्नो परमाणु परिक्षणहरुमा रोक लगाउने र एक परिक्षण केन्द्र बन्द गर्ने घोषणा गरेको छ । यसलाई किम जोङ्ग उनको दक्षिण कोरिया र अमेरिकाको साथ हुन लागेको वैठकसँग जोडेर हेरिँदैछ ।

यो शुक्रबार किम जोङ्ग उन दक्षिण कोरियाली राष्ट्रपति मून जे–इनसँग भेट्दै छन् ।

पनमुनजोमको शान्ति गाउँमा हुन लागेको भेटघाट दुवै देशबीच एक दशकभन्दा धेरै समय पछि हुन लागेको शीर्ष तहको भेट हो ।

साथमा जून महिनामा किमले अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेट्ने सम्भावना छ । दुवै नेताहरुबीच यो पहिलो भेटघाट हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप