शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गृहमन्त्रीसँग एसिड प्रहारबाट घाइते कल्पनाले पोखिन् यस्तो दुःखेसो

सोमबार, १० वैशाख २०७५, १८ : ४६
सोमबार, १० वैशाख २०७५

राजेन्द्र आचार्य
चितवन– गृहमन्त्री रामबहादुर थापा बादलले एसिड प्रहारबाट घाइते भएकी चितवनकी कल्पना श्रेष्ठको स्वास्थ्य स्थिति बुझ्न भरतपुर अस्पताल पुगेका छन् । सोमबार दिउँसो जिल्ला ट्राफिक कार्यालय चितवनका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँले आफ्नो प्रेम अस्वीकार गरेका कारण श्रेष्ठको घर नजिक एसिड प्रहार गरेपछि उनी गम्भीर घाइते भएकी थिइन् । रक्षकनै भक्षक भएको भन्दै सर्वत्र विरोध भएपछि गृहमन्त्री रामबहादुर थापा बादल आज आफै घटनाको बारेमा बुझ्न भरतपुर अस्पताल आइपुगेका हुन् । भेटका क्रममा बोल्दै गृहमन्त्री बादलले दोषी प्रहरीलाई कठोर कार्वाही गर्ने बताए ।

पीडित महिला कल्पनाले आफुलाई मार्ने उद्देश्यले एसिड प्रहार गरेको दुःखेसो पोख्दै कडा कार्वाही गर्न मन्त्रीलाई आग्रह गरेकी थिइन् । उनले आफुलाई मिनिरल वाटरको बोत्तलमा एसिड राखेर विगत लामो समयदेखि प्रहार गर्ने उद्देश्य खनियाँ हिडेको खुलासा समेत गरिन् ।

उनको गुनासो सुनेपछि गृहमन्त्री रामबहादुर थापा बादलले घटना दुःखद् भएको भन्दै यसले प्रहरी संगठन र गृह मन्त्रालयलाई नै स्तब्ध बनाएको बताए । गृहमन्त्री थापाले प्रहरीभित्र ठूलै सुधार गर्नुपर्ने बताउँदै राष्ट्र सेवकबाटै महिला दिदी बहिनी सुरक्षित नहुनु निकै ठूलो र दुःखद् पक्ष भएको बताए ।

प्रहरी सुधारका लागि अब ठोस कदम चाल्ने गृहमन्त्रीकोे भनाई थियो । यसैबीच घटनामा संलग्न प्रहरी खनियालाई चितवन प्रहरीले निलम्बन गरि कार्वाही गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी नायब निरीक्षक दिपक थापाले जानकारी दिए ।

खनियाँलाई मान्छेको ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाई ६ दिनको म्याद थप गरि अनुसन्धान तीब्र पारिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप