शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

१९ सदस्यीय उद्योगी–व्यवसायीहरुको टोली ब्राजिल जाँदै

सोमबार, १० वैशाख २०७५, १८ : ५९
सोमबार, १० वैशाख २०७५

काठमाडौं– वैशाख १३ गतेदेखि ब्राजिलमा सुरु हुन गइरहेको ईन्टरनेशनल ट्रेड फेयर फर मेशिनरी एण्ड इक्वीपमेन्टस्मा भाग लिन नेपालका उद्योगी÷व्यवसायीहरुको टोली ब्राजिल जाने भएको छ । नेपाल ब्राजिल चेम्बर अफ कमर्शका अध्यक्ष अखिलकुमार चापागाईंको नेतृत्वमा १९ सदस्यीय प्रतिनिधिमण्डल ब्राजिल जान लागेको हो ।

नेपाल र मित्रराष्ट्र ब्राजिलबीचको व्यापार र लगानी अभिबृद्धि गर्ने उद्देश्यले आजभन्दा ४ वर्षअघि यस  संघको स्थापना भएको थियो ।  विगतमा पनि नेपाल ब्राजिल बीचको कुटनीतिक सम्बन्धलाई बलियो बनाउँदै दुई देशका बीचमा लगानी अभिवृद्धि गर्न त्यहाँको सबैभन्दा पूरानो २०९ वर्ष पूरानो रियो दि जेनेरियो चेम्बर अफ कमर्श र ब्राजलियन एशोसिएन अफ होटल इण्डष्ट्रिजसँग समझदारीसमेत गरेको छ ।

यो नेपाली उद्योगी÷व्यवसायीहरुको दोस्रो भ्रमण हो । भ्रमणका अवसरमा प्रतिनिधिमण्डलले साओपाउलो, रियो दि जेनेरियोलगायत ब्राजिलका प्रमुख सहरका चेम्बर अफ कमर्शसँग छलफल गर्ने जनाएको छ । सो अवसरमा प्रतिनिधिमण्डलका संयोजक एवम् नेपाल ब्राजिल चेम्बर अफ कमर्शका अध्यक्ष अखिलकुमार चापागाईंले नेपालमा लगानीका सम्भावना र अहिलेको वर्तमान अवस्थाका विषयमा आफ्नो धारणा राख्ने जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप